Comments Add Comment

पत्रकार मरहठ्ठाको ‘द होप’ बारे टेक्सासमा अन्तरक्रिया

९ जुन, अमेरिका । पत्रकार किरण मरहठ्ठाको पुस्तक ‘द होप’बारे टेक्सासमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । द होप डिकुरा पब्लिकेशन नेपालले यसै साता सार्वजनिक गरेको पुस्तक हो ।

अन्तरक्रिया कार्यक्रममा पत्रकार कृष्ण न्यौपानेले समीक्षात्मक टिप्पणी प्रस्तुत गर्दै ‘द होप’ पत्रकारिताका नवप्रवेशीका लागि पढ्नै पर्ने पुस्तक रहेको बताए ।

क्रियटीभ नेपाली सोसाइटीका अध्यक्ष उमापति भुसालले द होप वर्तमान नेपाली समाजको वास्तविक चित्रण भएको बताए ।

वरिष्ठ उद्योगी दुर्गा पाठकले पुस्तक लेखनको भीडमा द होपले अपनाएको नवीन शैली अन्य लेखकका लागि उदाहरण बन्ने बताए ।

युवा व्यवसायी विष्णु पाठकले पुस्तकले बोकेको अर्थराजनीतिक पाटोको विश्लेषण गर्दै लेखकले एउटै कृतिमार्फत वर्तमान नेपालको आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक विषयबस्तुको गहन चित्रण गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment