Comments Add Comment

मधेसी नेतालाई प्रधानमन्त्रीको आश्वासनः चुनावमा आउनोस्, म संविधान संशोधन गरीछाड्छु

'चुनावअघि संशोधन गर्न सकिएन, चुनाव सकिएपछि गर्छु

२६ जेठ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको दोस्रो चरणको चुनावअघि संविधान संशोधन सम्भव नरहेको प्रष्ट पारेका छन् । तर, यो चुनाव सकिए लगतै संविधान संशोधन गर्ने प्रतिवद्धता जनाएका छन् ।

व्यवस्थापिका संसदमा शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने-दोस्रो चरणको चुनावअघि संविधान संशोधनको सम्भावना छैन । स्थानीय तहको दोस्रो चुनाव सकिनासाथ विपक्षी दलका नेताको समेत सहमति लिएर पारित गराउनुपर्छ ।’

देउवाले संविधानको स्वीकार्यता बढाउने सन्दर्भमा सरकार संवेदनशील रहेको र मधेशवादी दललाई चुनावमा ल्याउने वातावरण बनाउन आफूले प्रयास गरिरहेको बताए । साथै चुनावमा आउन राजपालाई आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले मधेसी नेताहरुलाई भने- ‘म मधेसकेन्दि्रत दलहरुलाई के आग्रह गर्न चाहन्छु भने अहिले हामीले चाहँदाचाहँदै पनि ससंविधान गर्न सकिएन । तर, म विश्वास दिलाउन चाहन्छु, चुनावपछि म संविधान संशोधन गरेर छाड्नेछु् । प्रतिपक्षले पनि सघाउँछ भन्ने विश्वास छ । तपाईहरु चुनावमा भाग लिनोस् ।’

स्थानीय चुनाव अघि संविधान संशोधन गर्न सम्भव नरहेको प्रधानमन्त्री देउवाले भने- चुनाव सुरु हुने भइसक्यो, चुनाव सकिनासाथै प्रतिपक्षी दलका नेताहरुले कुरा गरेर संशोधन गर्न सकिने विश्वास छ ।’

अर्को एक प्रसंगमा देउवाले भरतपुरको मतपत्र च्यातिएको कुरालाई धेरै नउचाल्न एमालेलाई आग्रह गरे । मतपत्र बिगतमा पनि च्यातिएको भन्दै उनले यसबारे निर्णय गर्ने अधिकार संवैधनिक निकाय निर्वाचन आयोगको भएको बताए ।

उनले मतपत्र च्यातिनुलाई कांग्रेसले र आफूले कहिल्यै राम्रो नभएको उनले बताए ।

प्रधानमन्त्री देउवाले भने-संविधान संशोधन दोस्रो चरणको चुनावपछि मात्र भरतपुर प्रकरण नउचाल्नुस, मतपत्र हिजो पनि च्यातिएकै हो,भोलि पनि च्यातिन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment