Comments Add Comment

चुनावको मिति असार १४ को विकल्प छैन : मुख्य निर्वाचन आयुक्त यादव

२७ जेठ, विराटनगर । मुख्य निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले दोस्रो चरणको स्थानीय तहको चुनावको मिति असार १४ भन्दा अर्को विकल्प नरेहको बताएका छन ।

उनले जेठ ३१ मा तय भएको निर्वाचनको मितिलाई दलीय सहमतिको आधारमा असार १४ गते सारिएको भन्दै अब असार १४ गते निर्वाचन गराउन बाहेक आयोगसँग अन्य विकल्प नरहेको प्रष्ट पारे ।

बिराटनगरमा शुक्रबार मुख्य आयुक्त यादवले संचारकर्मीसंग कुराकानी गदै निर्वाचन आयोगका तर्फबाट असार १४ पछि निर्वाचनको मिति सर्ने कुरामा निर्वाचन आयोगकको सहमति हुन नसक्ने बताए ।

यादवले जुनजुन दल निर्वाचन आयोगमा दर्ता भएका छन त्यही दल अबको दोस्रो चरणको निर्वाचनमा पनि आ-आफनो पार्टीको चुनाव चिन्ह लिएर जाने र अन्य दलहरु स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव चिन्ह लिएर चुनावमा जानुपर्ने बताए ।

राजपालाई चुनाव चिन्ह दिन सकिदैन

मुख्य आयुक्त यादवले राष्ट्रिय जनता पार्टीलाइै कुनैपनि हालतमा दलको चुनाव चिन्ह वितरण गर्न नसकिने स्प्रष्ट पारेका छन । उनले रापजा आयोगमा दर्ता नभएको अवस्थामा सो दललाई दलीय चुनाव चिन्ह दिन नसकिने यादवको भनाइ थियो ।

उनले विभिन्न दलहरुको गठबन्धबाट राजपा एकीकृत भएको पार्टी भएपनि असार ३१ गते तय भएको निर्वाचनका लागि निकालेको सूचनामा समेत राजपाले हस्ताक्षर नगरेको जानकारी दिए ।

प्रजातान्त्रिक विधि र मान्यता सबै दललाई स्वीकार्न आग्रह

प्रमुख आयुक्त यादवले दलका कार्यकर्तावाट भरतपुरमा मत पत्र च्यात्ने कार्य अपराधिकजन्य कार्य गरेको बताए ।

उनले प्रचलित ऐन कानुन विपरित दलका कार्यकर्ताले भरतपुरमा मत पत्र च्यात्ने कार्य गरेको आयोगको निष्कर्ष निकालेको उनले बताए ।

दलहरु स्वयम उम्मेदवार प्रजातान्त्रिक विधि र मान्यता अनुसार अघि वढनु पर्ने भन्दै उनले भरतपुर घटनामा दलहरु र उम्मेदवार स्वयपनि गम्भीर नभएको देखिएको बताए ।

आगामी दिनमा यस्ता अपराधिक कार्यलाई निरुत्साहित गर्न दल, दलका कार्यकर्ता र स्वय उम्मेदवार पनि सजक हुनुपर्ने मुख्य आयुक्त यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment