Comments Add Comment

छानो हाल्ने ऋचाको सपना

मुम्बईमा बेचिएकी चेलीको कथा–व्यथा भरिएको ‘छानो हाल्ने सपनीमा म बेचिनुपर्यो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायिका चन्दा देवानको स्वर छ भने यसमा शंकर थापा इस्माइलले संगीत भरेका छन् । यो गीतको रचना मानव तस्करीको अबोध शिकार बनेर बर्सेनी हजारौँ चेलीबेटीले नर्कतुल्य जीवन बिताउनुपरेको यथार्थलाई प्रतिनिधित्व गर्ने किसिमले गरिएको छ ।

आर्थिक संकटका कारण अहिले पनि धेरै नेपालीले छानो छाउन विभिन्न प्रलोभनमा पर्नुपर्ने दुरुह अवस्थालाई भिडियोले सम्बोधन गरेको छ । गीतको म्युजिक भिडियोमा नायिका ऋचा शर्मा र र्यापर गिरिश खतिवडाले मुख्य भूमिका निर्वाह गरेका छन् । उनीहरूका साथै यस भिडियोमा सुरेन्द्र केसी पल्पसा डंगोल, जेनि कुँवर, गोमा केसी, सुजन रेग्मीसमेतकाे  अभिनय  छ ।

म्युजिक भिडियोमा अतिथि भूमिकामा ‘सिएनएन हिरो’ तथा चेलीबेटी बेचबिखनविरुद्धको अभियानमा सक्रिय माइती नेपाल संस्थाकी अध्यक्ष एवम् अधिकारकर्मी अनुराधा कोइरालालाई पनि देख्न सकिन्छ । गीतको म्युजिक भिडियो सञ्चारकर्मी विदुर खतिवडाको निर्देशनमा निर्माण भएको हो । विदुर पान्डेको छायाकंन रहेको यो भिडियोलाई अन्जय खड्का र टेकेन्द्र शाहले सम्पादन गरेका छन् । गीतका शब्द तुलसी बस्नेतका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment