Comments Add Comment

राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्ने सरकारको निर्णय

२८ जेठ, काठमाडाैं । सरकारले राजनीतिक दलसम्बन्धी ऐन- २०७३ पुनः संशोधन गर्ने भएको छ । आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न संसदमा विधेयक दर्ता गराउने निर्णय गरेको हो ।

राष्ट्रिय जनता पार्टी नेपाललाई असार १४ को निर्वाचनमा भाग लिने वातावरण बनाउन राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न लागिएको सरकारका प्रवक्ता एवम् अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

दल दर्ता गर्न नपाएपनि ६ दल मध्ये कुनै एकको चुनाव चिन्ह लिएर निर्वाचनमा जाने व्यवस्था गर्न सरकारले राजनीतिक दल सम्बन्धि ऐन संशोधन गर्न लागेको हो ।

संशोधन विधेयक आइतबार नै व्यवस्थापिका संसदमा दर्ता गराउने र सोमबारसम्म पारित गरिसक्ने सरकारको रणनीति छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment