Comments Add Comment

३४ करोड लागतमा तुलसीपुरमा आधुनिक बसपार्क निर्माण सुरु


२९ जेठ, तुलसीपुर । दाङको तुलसीपुरमा ३४ करोड लागतमा आधुनिक बसपार्क निर्माण सुरु भएको छ । आधुनिक बसपार्कको सोमबार तुलसीपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्रबहादुर केसीले शिलान्यास गरेका छन् ।

हाल बसपार्क रहेको तुलसीपुर-५ मै नयाँ बसपार्क निर्माण हुनेछ । तुलसीपुरमा व्यवस्थित बसपार्क नहुँदा खोलाको बगरमा बस पार्किङ गर्नुपर्ने बाध्यता छ ।

अब १६ कोठे टर्मिनल भबन, गाडीका स्टाफहरुलाई आराम गर्ने कोठा, बगैंचा, रेष्टुरेन्ट, ५० वटा सपिङ स्टल, अपाङ्ग मैत्री सार्वजनिक शौचालय निर्माण हुने तुलसीपुर उपमहानगरपालिकाका इन्जिनियर पवन योगीले बताए । शिवशक्ति निर्माण कम्पनी काठमाडौंले १५ महिनाभित्र बसपार्कभित्रका सबै संरचना तयार पार्ने ठेक्का पाएको छ ।

यसअघि बसपार्कको जग्गामा बस्दै आएका ३२ घर परिवारले उच्च अदालतमा तुलसीपुर उपमहानगरपालिकाविरुद्ध रिट दायर गरेपछि बसपार्क निर्माण कार्य रोकिएको थियो । तर, उच्च अदालतका न्यायधीशद्वय श्रीमनकुमार गौतम र सुदर्शनदेव भट्टको इजलासले नगरपालिकाको जग्गामा कसैले बस्ती बसाउन नपाउने भन्दै रिट नै खारेज गरिदिएपछि बसपार्क निर्माण गर्न बाटो खुलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment