Comments Add Comment

रुपन्देहीमा फोरम र नयाँशक्तिले उम्मेदवारको टुंगो लगाए (सूचीसहित)

३० जेठ, भैरहवा । आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनको लागि संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिले उम्मेदवारहरुको नामवाली सार्वजनिक गरेका छन् । संयुक्त रुपमा चुनावी मैदानमा उत्रिएका फोरम र नयाँशक्तिले भैरहवामा पत्रकार सम्मेलन गरी उम्मेदवारहरुको नामवली सार्वजनिक गरेका हुन् ।

फोरम-नयाँशक्तिले जिल्लाका १६ स्थानिय तह मध्ये बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकामा स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने भएको छ भने १४ वटा स्थानीय तहमा आफ्नै दलको उम्मेदवारहरुलाई टिकट दिएका छन् ।

मसाल चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएका फोरम-नयाँशक्तिले रुपन्देहीको सदरमुकाम भैरहवामा -सिद्धार्थनगर नगरपालिका) मेयर पदमा अर्जुन जयसवाल र उपमेयर पदमा मिना विश्वकर्मालाई टिकट दिएका छन् ।

त्यस्तै बुटवल उपमहानगरपालिकामा स्वन्तत्र उम्मेदवार होमबहादुर गलामीलाई र सैनामैना नगरपालिकामा स्वतन्त्र उम्मेदवार शारदा घिमिरेलाई समर्थन गरेका छन् ।

हेर्नुस् उम्मेदवारहरु सूची

कञ्चन गाउँपालिका- अध्यक्ष अमृता घर्तीमगर, उपाध्यक्ष शालीकराम पौडेल
गौडिहवा गाउँपालिका- अध्यक्ष बच्चुलाल लोध, उपाध्यक्ष संगिता यादव
शुद्धोधन गाउँपालिका- अध्यक्ष हरीपाल, उपाध्यक्ष सुर्यलक्ष्मी वि.क
सियारी गाउँपालिका- अध्यक्ष उमाशंकर यादव, उपाध्यक्ष सुशिला थारु
ओमसतिया गाउँपालिका- अध्यक्ष मन्जीत यादव, उपाध्यक्ष राधिकादेवी यादव
कोटहीमाई गाउँपालिका- अध्यक्ष चन्दभुषण यादव, उपाध्यक्ष भानमति बनियाँ
सेमरीमाई गाउँपालिका- अध्यक्ष कमलापति यादव, उपाध्यक्ष शाहीदा खातुन सेख
मर्चवारीमाई गाउँपालिका- अध्यक्ष केशवनन्द बनिया
मायादेवी गाउँपालिका- अध्यक्ष हरिकुमार चौधरी
रोहिणी गाउँपालिका- अध्यक्ष सनोज यादव
लुम्बिनी सांस्कृतिक नगरपालिका- मेयर फकरुद्दिन खाँ, उपमेयर जानकीदेवी श्रीवास्तव
तिलोत्तमा नगरपालिका- मेयर ज्ञान भुर्तेल, उपमेयर जयन्ती भण्डारी
देवदह नगरपालिका- मेयर पार्वती मरासिनी, उपमेयर तेजलाल डुम्रे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment