Comments Add Comment

यस्तो छ सुशिल र स्यारोनको ‘पहिलो प्रेम’


चलचित्र ‘सायद २’को एक रोमान्टिक गीतको भिडियो रिलिज भएको छ । असार ३० गतेबाट रिलिज हुने चलचित्रको ‘पहिलो प्रेम’ बोलको गीतको भिडियो रिलिज गरिएको हो । यो गीतमा सुगम पोखरेलको शब्द, संगीत र स्वर छ ।

चलचित्रका मुख्य कलाकार सुशिल श्रेष्ठ र स्यारोन श्रेष्ठलाई गीतमा फिचर गरिएको छ । भिडियोमा मनाङको दृश्यलाई कैद गरिएको छ । सुशन प्रजापतिले आकर्षक तरिकाले भिडियो खिचेका छन् ।

चलचित्रमा विक्रम स्वाँरको कोरियोग्राफी छ । पुष्पराज न्यौपानेको लेखन तथा निर्देशन रहेको चलचित्रमा अमृत ढुंगाना, सुशिल सिटौला लगायतका कलाकारको अभिनय छ । दुर्गिस फिल्मस्को ब्यानरमा सुनिल रावलले यो चलचित्र निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment