Comments Add Comment

भरुवा बन्दुकसहित एकजना पक्राउ

३१ जेठ, रुकुम । भरुवा बन्दुकसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

भूमे गाउँपालिका-२ काँक्रीका २० वर्षिय करले पुनलाई आज प्रहरीले तीन नाल भरुवा बन्दुकसहित पक्राउ गरेको हो । सामान्य विवाद हुँदा पुनले बन्दुक झिकेर पड्काउन खोजेको सूचना पाएपछि प्रहरीले गाउँबाटै उनलाई पक्राउ गरेको प्रहरी निरीक्षक थम्मनबहादुर रजालीले जानकारी दिए ।

पक्राउ परेका पुनलाई आवश्यक अनुसन्धानका लागि सदरमुकाम मुसिकोट ल्याइँदैछ । बन्दुक लिएर भागेका अर्काे एकजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment