Comments Add Comment

चुनाव सारे देउवाले असक्षमताको अर्को तक्मा पाउँछन्ः एमाले

राजपाको मागबारे धारणा सार्वजनिक


३१ जेठ, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले राष्ट्रिय जनता पार्टीको स्थानीय तहको संख्या बृद्धि र संविधान संशोधनको माग चुनाव अघि पूरा गर्न नसकिने बताएको छ । साथै उसले असार १४ का लागि निर्धारित दोस्रो चरणको चुनाव कुनै हालतमा सार्न नहुने बताएको छ ।

एमाले स्थायी कमिटीको बुधबार बसेको बैठकमा राजपाका मागबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । एमालेले घाइतेको उपचार, मृतकका परिवारलाई क्षतिपूर्ति दिन, जघन्य अवराधमा संलग्न नभएका तथा निर्दोषमाथि लागेको मुद्दा फिर्ता लिन सकिने बताएको छ ।

तर, पहिलो चरणको चुनाव भइसकेको र दोस्रो चरणको चुनावको उम्मेदवारीको पूर्वसंध्यामा स्थानीय तहको संख्या बढाउन नसकिने बताएको छ । एमाले सचिव योगेश भट्टराईले भने, ‘भोलि चुनावपछि आवश्यकता र औचित्यका आधारमा आयोग बनाएर देशब्यापी अध्ययन गर्न सकिन्छ ।’

प्रमुख विपक्षी एमालेले चुनाव र संविधान संशोधनको कुनै सम्वन्ध नभएको भन्दै एमालेले संशोधनलाई अघि सारेर चुनाव नरोक्न माग समेत गरेको छ ।

प्रधानमन्त्री स्वयंम र उनको दल कांग्रेसबाट सार्जवनिक धारणाले असार १४ को चुनाव गर्न चाहँदैन कि भन्ने आशंका जन्माएको एमालेले बताएको छ । १,२, ५ र ७ नम्बर प्रदेशमा असार १४ मै चुनाव हुनु पर्ने भन्दै एमालेले राजपालाई पनि चुनावमा आउन आउन आहृवान गरेको छ ।

साथै उम्मेदवारको सुरक्षा, सार्वजनिक सम्पत्तिको रक्षा र रक्षा गर्ने र जनताले मताधिकार प्रयोग गर्ने सहज वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ ।

चुनाव सार्नु पर्ने प्रस्तावमा एमालेको सहमति नहुने भन्दै सचिव योगेश भट्टराईले भने, ‘प्रधानमन्त्रीमाथि इतिहासबाट असक्षमताको प्रश्न लाग्दै आएको छ । यदि यो चुनाव तलमाथि भयो भने असक्षमताको अर्को तक्मा पाउनुहुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment