Comments Add Comment

बर्षा र सुशिलको निकटता


नायक सुशिल श्रेष्ठ र नायिका बर्षा  सिवाकोटी एक अर्कासँग नजिक छन् । चलचित्र बजारमा यी दुई प्रेममा रहेको चर्चा पनि नचलेको होइन । तर, आफूहरु साथीको सम्बन्धमा नै ठिक रहेको यी दुइ बताउँछन् ।

यी दुइको दौडधुप अहिले बढेको छ । असार १६ गते रिलिज हुन लागेको चलचित्र ‘कारखाना’मा एकसाथ काम गरेपछि यी दुई नजिक भएका हुन् । चलचित्रमा आफूहरुको जोडी सुहाएको बताउने सिवाकोटी र श्रेष्ठ ‘कारखाना’को कथावस्तु राम्रो रहेको सुनाउँछन् ।

सुशिल र बर्षाकै लागि यो चलचित्र चल्नुपर्नेछ । निर्माता र निर्देशकविच झगडा परेको चर्चा चलेपनि यी दुइ भने आफ्नै शैलीमा प्रचार गरिरहेका छन् । यो चलचित्र चलेको खण्डमा यी दुइको जोडी मात्र हिट हुने छैन, दुबैको व्यक्तिगत करिअरलाई पनि ठूलो राहत मिल्नेछ ।

तस्बिरः कमल प्रसाई

बर्षा  र सुशिलसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment