Comments Add Comment

कांग्रेस नेताहरुको प्रधानमन्त्रीलाई सुझावः प्रदेश नम्बर २ मा चुनाव सार्नुस्


३१ जेठ, काठमाडौं । नेपाली कांग्रेसका प्रदेश नम्बर २ का सांसद तथा केन्द्रीय सदस्यले त्यहाँ तेस्रो चरणमा चुनाव गर्न पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् । १, ५ र ७ नम्बर प्रदेशमा भने पूर्वनिर्धारित मिति असार १४ मै चुनाव गर्न सकिने उनीहरुले बताए ।

कांग्रेस नेताहरुले बुधबार प्रधानमन्त्रीलाई भेटेर चुनाव प्रदेश नम्बर २ को चुनाव सार्न आग्रह गरेका हुन् । ‘मधेसमा स्थिति असहज छ । राजपाले बन्द आहृवान गरेको छ’ नेता महेन्द्र यादवले भने, ‘अन्त १४ गते नै चुनाव गरे हुन्छ । तर, प्रदेश नम्बर २ मा तेस्रो चरणमा चुनाव गर्नुस् भनेर सुझाव दिएका छौं ।’

प्रदेश नम्बर २ मा असार अन्तिममा भएपनि चुनाव गर्न सकिने उनीहरुले बताएका छन् ।

तर, राजपाले संविधान संशोधन नभई चुनावमा आउँदैनौं भनेको छ नि भन्ने प्रश्नमा नेता यादवले भने, ‘२२ वटा स्थानीय तहको संख्या बढाउने सरकारको निर्णय कार्यान्वयन भयो भने राजपा चुनावमा आउने वातावरण बन्छ ।’

यसबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ र, असार ४ गतेका लागि पेशी तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment