Comments Add Comment

‘रुद्र’मा निखिलको एक्सन अवतार, सारा र विश्वको प्रेममा भिलेन किन ?


नायक निखिल उप्रेतीलाई खलपात्रको भूमिकामा देखाइएको चलचित्र ‘रुद्र’को ट्रेलर सार्वजनिक भएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा एक्सन प्रधान चलचित्रको ट्रेलर रिलिज गरिएको हो । चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा नायक निखिल उप्रेती, नव-कलाकारद्धय विश्व शर्मा र साराको उपस्थित थियो ।

रामजी लामिछानेले निर्देशन गरेको यो चलचित्रलाई निखिल उप्रेती प्रोडक्शनको ब्यानर र विश्व प्रोडक्शनले मिलेर बनाएका हुन् । रामजी लामिछानेको कोरियोग्राफी, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन, सौरभ लामाको छायांकन रहेको यो चलचित्रमा निखिल उप्रेती, विश्व शर्मा, सारा, रोय दीप, ध्रुव कोइराला, ज्याक श्रेष्ठ, भाष्कर ओली, अनिल पाण्डे लगायतका कलाकारको मुख्य भूमिका छ ।
चलचित्रको ट्रेलरमा एक्सनलाई मुख्य प्राथमिकता दिइएको छ । निखिल उप्रेतीको एक्सनमा विविधता देखिएको छ । धेरै दर्शकलाई ट्रेलर हेर्दा साउथ फिल्मको झल्को पनि आउँछ । साउन १३ गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment