Comments Add Comment

प्रेमी छैन कोसँग जिस्कनुः नम्रता, अनमोलसँग डेट जान्छुः आश्मा


नायिकाद्धय नम्रता सापकोटा र आश्मा डीसीको मित्रता जोडिएको २ बर्ष भयो । यी दुइ अहिले निकै मिल्छन् । सार्वजनिक कार्यक्रममा पनि एकसाथ पुग्ने गरेका छन् । एक कार्यक्रममा भेटिएका यी दुइले अनलाइनखबरको ‘मस्ती टक’मा कुरा गर्दै निकै विन्दास गफ गरे । नायिका नम्रता सापकोटा ब्रेकअप भएपछि अब प्रेममा पर्नु हुदैन भन्ने सोच राख्छिन् । तर, आश्मा भने नायक संयम पुरीको प्रेममा छिन् । यसैले, यी दुई एक अर्काको बिषयमा टिप्पणी गर्न चाहदैनन् ।

नम्रता र आश्मासँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः


कुनै सार्वजनिक कार्यक्रममा पुग्नु छ भने लूगा के लगाउनु छ भन्ने टेन्सन हुने यी दुइको भनाई थियो । रमाइलो कुराकानीका क्रममा नम्रताले आश्मालाई के खाएर जिउ लाग्दैन भनेर प्रश्न गरिन् । जसमा आश्माको जवाफ थियो–‘यो त भगावनको उपहार हो । यही नै खान्छु भनेर म ख्याल गर्दिनँ ।’

आश्माले पनि रमाइलो प्रश्न सोध्दै नम्रतालाई प्रेमीको नाम के हो भनेर सोधिन् । जसमा नम्रताको जवाफ थियो–‘मेरो प्रेमी नै छैन । यो कुरा उसलाई थाहा थियो ।’कुराकानीका क्रममा रमाइलो खेल खेल्ने क्रममा नम्रतालाई हामीले प्रश्न सोधेका थियौ, ब्रेकअप भएपछि रातभरी रुनु भएको छ । नम्रताले भनिन्–‘ब्रेकअप भएपछि रुन त पर्यो नी । म ३–४ दिन रातभरी रोएकी थिएँ ।’

दुबैलाई हामीले सोध्यौ, बाथरुममा २ जना नुहाउनु भएको छ । जसमा यी दुइले कस्तो जवाफ दिए, यसका लागि तपाइले भिडियो नै हेर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment