Comments Add Comment

काठमाडौं विश्वविद्यालयको रजिष्ट्रारमा डा. थापा दोहोरिए

५ असार, काठमाडौं । काठमाडौं विश्वविद्यालयको रजिष्ट्रारमा डा. भोला थापा दोस्रो कार्यकालको लागि नियुक्त भएका छन् ।

विश्वविद्यालयको उपकुलपति रामकण्ठ माकाजु श्रेष्ठको सिफारिसमा प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार डा. थापालाई पुनः रजिष्ट्रारमा नियुक्त गरेका हुन् ।

थापाको पहिलो कार्यकाल गत जेठ २९ गते सकिएको थियो । उनी प्रचण्ड नेतृत्वको तत्कालीन सरकारको पालामा रजिष्ट्रार नियुक्त भएका थिए ।

त्यसअघि माकाजु, थापासहित पाँच जनाको नाम विश्वविद्यालयको उपकुलपति सुझाव समितिले सिफारिस गरेको थियो । तर, माकाजु उपकुलपति र थापा रजिष्ट्रारमा नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment