Comments Add Comment

उत्पादन क्षेत्रको कर्जा गणनाको सहुलियत बढाउन चौतर्फी दबाब


५ असार, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले उत्पादन क्षेत्रमा गरेको कर्जा लगानीको ५० प्रतिशत रकम यही असारमसान्तसम्म सीसीडी रेसियो (कोर पुँजी र निक्षेपको जोडको तुलनामा कर्जा लगानी अनुपात)को गणनामा समावेश गर्न नपर्ने गरि राष्ट्र बैंकले दिएको छुटलाई निरन्तरता दिन बैंकर देखि व्यवसायीसम्मले सुझाव दिएका छन् ।

‘अहिले दिएको उत्पादन क्षेत्रको सीसीडीमा गणनाको सहुलियतलाई निरन्तरता नदिने हो भने साउनपछि हामीले पटक पटक जरिवाना व्यहोर्नपर्ने अवस्था आउँछ,’ नेपाल बैंकर एशोसिएशनका उपाध्यक्ष ज्ञानेन्द्र ढुंगानाले मैद्रिक नीति २०७४/७५ को सुझाव संकलन कार्यक्रममा भने । उनले यो सहुलियत कम्तिमा पनि १ बर्ष नहटाउन पनि राष्ट्र बैंकलाई सुझाव दिएका छन् ।

पुर्वाधारमा गएको कर्जा लगानीको पनि गणनामा सहुलियत मागनेपाल चेम्बर अफ कमर्शका महासचिव कमलेश कुमार अग्रवाल, नेपाल परिसंघका प्रतिनिधी तथा पुर्व बैंकर अनलराज भट्टराईले पनि यस्तो सहुलियतलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

यता, उद्योग वाणिज्य महासंघले भने पुर्वाधार क्षेत्रमा गएको कर्जालाई समेत सीसीडी गणनाको क्रममा सहुलियत दिनुपर्ने बताए ।
‘उत्पादनमुलक क्षेत्रको मात्र नभएर पुर्वाधार क्षेत्रमा गएको कर्जाको लगानीमा पनि यस्तै सहुलियत दिनु पर्ने हाम्रो माग रहेको छ,’ नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगत बैंक तथा वित्तीय संस्था समितिका प्रमुख सौरभ ज्योतीले भने ।

कार्यक्रममा अधिकांशले उत्पादन मुलक क्षेत्र र प्राथमिकताका क्षेत्रबीचको परिभाषा स्पष्ट नभएकोले यसको पुनर ब्याख्याको पनि माग गरेका छन् ।

लघुवित्त बिकास बैंकहरुले भने बैंक तथा वित्तीय संस्थाबाट प्राप्त हुने सापटीलाई पनि उत्पादनमुलक क्षेत्रको रुपमा मान्यता दिनुपर्ने प्रस्ताव गरेको छ ।

सीसीडी रेसियो ८० प्रतिशत हुनुपर्ने नीतिगत व्यवस्थालाई राष्ट्र बैंकले हाल गणनामा दिएको यो सहुलियतले अप्रत्यक्ष रुपमा सहज बनाएको छ । यही सहुलियतको कारण अहिले बैंकहरुको यो अनुपात सीमा भित्र रहेको बताइएको छ ।

दुई साता अघिको तथ्यांक अनुसार कर्जा र निक्षेप (सीडी) को अनुपात ८५ प्रतिशतको हाराहारी छ । हाल पाइआइरहेको सहुलियत हटाउने हो भने सीडीसी रेसियो ७९ को हाराहारीमा रहने र थप कर्जा लगानी गर्न समस्या पर्ने बैंकरहरुले बताउदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment