शुक्रबार, ३ कार्तिक, २०७४
OnlineKhabar.com

लञ्च हुनुअघि नै लिक भयो आइफोन एटका फिचर्स

अनलाइनखबर

एप्पलको बहुप्रतिक्षित आइफोन एट बजारमा आउनुअघि नै लगभग सबैजसो फिचर्सका जानकारी खुलासा भइसकेका छन् ।
आइफोन एटको लिक भएको तस्वीरबाट यो खुलासा हुन्छ की यो पटक एप्पलले आइफोनको डिजाइनमा ठूलो परिवर्तन गर्दैछ ।आइफोन एट आगामी सेप्टेम्बरमा लञ्च गर्ने एप्पलको योजना रहेको छ । यद्यपि एप्पल आफैले भने अहिलेसम्म आधिकारिक रुपमा आइफोन एटका फिचर्सका बारेमा कुनै पुष्टि गरेको छैन तथापि विभिन्न श्रोतहरुलाई उधृत गर्दै अहिलेसम्मकै अत्याधुनिक भनिएको यो फोनका बारेमा अनेक तथ्य बाहिर बाहिर आइरहेका छन् ।

यो पटक लिक भएका तस्वीरमा सबैभन्दा धेरै यसको टेम्पर ग्लास तथा स्क्रिनको चर्चा भैरहेको छ । आइफोन एटको स्क्रिन ५.८ इन्चको हुनेछ । यसको स्क्रिन पनि स्क्रयाच प्रतिरोधी बेजल ग्लासले युक्त हुनेछ ।

यसपटक आइफोनको क्यामरामा पनि परिवर्तन देख्न पाइनेछ । आइफोन एटको डुअल क्यामरा तेर्सो नभै ठाडो लहरमा हुनेछ ।

साथै यसपटक आइफोन एटमा फिंगरप्रन्ट सेन्सर अगाडि पट्टि हुँने सम्भावना देखिएको छ । अधिकांस मोबाइलमा फिंगरप्रिन्ट सेन्सर पछाडिपट्टि हुँने गरेका छन् । साथै आइफोन ८ को फिचरमा बायोमेटि्रक सिस्टम पनि सामेल हुने समाचारहरुमा जनाइएको छ ।

एजेन्सी 

२०७४ असार ५ गते २२:५० मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this