Comments Add Comment

रेसेपीः यसरी घरमै बनाउन सकिन्छ चिकेन बिरयानी

स्वादिलो बिरयानी खानका लागि रेष्टुरेन्ट धाउनै पर्छ भन्ने छैन । यसलाई सजिलै घरमा पनि बनाउन सकिन्छ । यहाँ चिकेन बिरयानी बनाउने विधी दिइएको छ । यसका लागि बोनलेस चिकेन चाहिन्छ ।
फ्राइड चिकेनका लागिआवश्यक सामग्री

चिकेन- आधा केजी
अदुवा र लसुनको पेस्ट- एक चम्चा
रातो खुर्सानी पाउडर- आधा चम्चा
बेसार- आधा चम्चा
गरम मसला- आधा चम्चा
नुन- स्वाद अनुसार

चामलका लागि

बासमती चामल- दुई कप
ल्वाङ, सुकुमेल र मरिचको धुलो
रातो खुर्सानीको धुलो- एक चम्चा
बेसार- एक चौथाई चम्चा
अदुवा र लसुन पेस्ट- एक चम्चा
प्याज- चार वटा, स-सना टुक्रामा काटिएको
गोलभेडा- चार वटा, टुक्रा पारेको
कागतिको रस- एक चम्चा
पुदिना-
धनिया-
केसर- थोरै दुधमा भिजाउने
दही-
नुन- स्वाद अनुसार
तेल- दुई ठूलो चम्चा

कसरी बनाउने ?

सबैभन्दा पहिला बासमती चामललाई आधा घण्टा पानीमा भिजाउने । एउटा भाँडामा चिकेन, अदुवा लसुनको पेस्ट, रातो खुर्सानी, बेसार, गरम मसला र नुन मिसाएर तीस मिनेट राख्ने । त्यसपछि चिकेनलाई डिप फ्राइ गरेर राख्ने ।

अब फ्राइ प्यानमा तेल तताएर आधा प्याज हालेर फ्राइ गर्ने र निकाल्ने । त्यस तेलमा बाँकी रहेको प्याज, गरम मसला हालेर केहि मिनटे भुट्ने । फेरी त्यसमा काटेको गोलभेडा, बेसार हालेर पकाउने । त्यसमाथि रातो खुर्सानी पाउडर, धनिया पाउडर हरियो खुर्सानी, दही, पुदिना र हरियो धनिया हालेर ६ मिनेट जति पकाउने ।

अब पानी हाल्नुपर्छ । पानी उम्लन थालेपछि बासमती चामल हालेर फ्राइ गर्नुपर्छ । त्यससँगै चिकने पनि हाल्ने । कागतिको रस हाल्ने र आगो धिमा बनाउने ।

चामल उम्लन थालेपछि त्यसमाथि फ्राइ गरेको प्याज र केसर घोलेको दुध हाल्नुपर्छ । अब ढक्कनले छोप्नुपर्छ । पाँच मिनेटको लागि आँगो तेज बनाउने । यसपछि फ्राइ चिकेन बिरयानी तयार हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment