Comments Add Comment

रुपन्देहीमा कांग्रेसका वागी मेयरसहित २३ ले लिए उम्मेदवारी फिर्ता

तिलत्तोमा नगरपालिकाको मेयरको उम्मेदवारी फिर्ता लिएका गणेश पाठक

६ असार, बुटवल । रुपन्देहीमा मेयरका उम्मेदवार सहित २३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । ८ सय ७ खुल्ला पदका लागि ४ हजार ४ सय ४५ जनाको उम्मेदवारी परेकोमा २३ जनाले फिर्ता लिएका हुन् ।

तिलोत्तमा नगरपालिकाका स्वतन्त्रको तर्फवाट मेयर पदमा उम्मेदवारी दिएका कांग्रेसका गणेश पाठकले पनि उम्मेबारी फिर्ता लिएका हुन् । त्यस्तै उपमेयर महाशर्मा न्यौपाने, वडा नम्बर ७ का अध्यक्षका उम्मेदवार निरबहादुर खडका र वडा नम्बर १३ का अध्यक्षका उम्मेदवार धनलाल अधिकारीले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत नेत्र भुसालले बताए ।

बुटवल उपमहानगरपालिकावाट एक उप मेयरसहित ५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । नगरमा स्वतन्त्रवाट उपमेयरमा उम्मेदवारी दिएका हुमनाथ न्यौपाने, वडा नम्बर २ वाट स्वतन्त्रका अध्यक्ष महेन्द्र राज भण्डारी, वडा नम्बर ६ का राप्रपावाट सदस्यका उम्मेदवार सुरज गुरुङ, वडा नम्बर ९ का वडा अध्यक्ष उम्मेदवार नारायण खनाल र वडा नम्बर १७ का नयाँ शक्तिवाट सदस्यका उम्मेदवार केशव गैरेले उम्मेदवारी फिर्ता लिनु भएको निर्वाचन अधिकृत भरतमणि पाण्डेले बताए ।

त्यस्तै देवदह नगर पालिकामा राजमोवाट उपमेयरमा उम्मेदवारी दिएकी धनकुमारी थापाले उम्मेदवारी फिर्ता लिएकी छन् ।

सिद्धार्थ नगर पालिका वडा नम्बर ६ की संघीय समाजवादीकी सदस्य अनुपमा हरिजन, वडा नम्बर ९ का रवि गुप्ता, वडा नम्बर २ का अध्यक्ष सन्जिव गुरुङ, ४ का वडा अध्यक्ष नन्दलाल यादव र वडा सदस्य सनवार अलि तेलीले उम्मेदवारी फिर्ता लिएका छन् ।

त्यस्तै सैनामैना नगरपालिकामा राप्रपाका वडा नम्बर ४ का सदस्य लिलबहादुर थारु, वडा नम्बर ११ का अध्यक्षका उम्मेदवार सन्जित मल्ल ठकुरी र वडा नम्बर ८ का स्वतन्त्रका अध्यक्षका उम्मेदवार घनश्याम पाण्डेले उम्मेदवारी फिर्ता लिएका छन् ।

सियारी गाउँपालिकावाट १, समरिमाईमा २, कंचन मा १ र होम सतिया १ जनाले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment