Comments Add Comment

देशैभर मनसुन सक्रिय, यसपालि औसत वर्षा

७ असार, काठमाडौं । एक हप्ताअघि पूर्वीनेपाल हुँदै प्रवेश गरेको मनसुन आठ दिनपछि देशभर सक्रिय भएको छ । मंगलबार बंगालको खाडीबाट आउने पूर्वी वायु बलियो भएपछि देशैभर मनसुन सक्रिय भएको हो ।

देशका अधिकांश भूभागमा वर्षासँगै सुरु भएको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका मौसम विज्ञ सुवा रिमालले बताए ।

बुधबार सुदूरपश्चिमको तराई क्षेत्रबाहेक अधिकांश भूभागमा वर्षा हुने महाशाखाको अनुमान छ । सुदूरपश्चिमकमो तराई क्षेत्रमा भने मौसम बदली मात्रज्ञ हुन सक्ने अनुमान छ ।

विभागले यसवर्ष औसत वर्षा हुने अनुमान गरेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment