Comments Add Comment

अर्पण थापा, जो निर्देशनमा असफल देखिए


चलचित्र ‘वीर विक्रम’ हेरेका दर्शकले सबैभन्दा बढी तारिफ कलाकार अर्पण थापाको गरे । अर्पणको भूमिकाकै कारण यो चलचित्रले राम्रो प्रशंसा पाएको थियो ।

कलाकारको रुपमा सफल मानिएका अर्पण निर्देशकको रुपमा भने असफल देखिएका छन् । चलचित्र ‘मुखौटा’ चल्नु अगाडि यसको हाइप खुबै थियो । तर, यो चलचित्र चलेपछि ‘फुस्स’ भयो । अर्पण निर्देशक भन्दा कलाकारमा नै ठिक थिए भन्ने समिक्षा चल्यो ।

तर, अर्पणलाई निर्देशनमा धित मरेन । उनले नायिका ऋचा शर्माको निर्माणमा बनेको चलचित्र ‘आधा लभ’ निर्देशन गरे । यो चलचित्र पनि बक्स अफिसमा असफल भयो । चलचित्रलाई न त समिक्षकले नै मन पराए, न त दर्शकले नै ।

लगातार २ चलचित्र निर्देशन गरेका अर्पण असफल निर्देशकको रुपमा दहरिएका छन् । कलाकारको रुपमा सफल अर्पण निर्देशनमा भने पूर्ण रुपमा असफल देखिए । के, अब अर्पणले तेश्रो चलचित्र पनि निर्देशन गर्लान् त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment