Comments Add Comment

सन्धिखर्कमा चुनावी रौनक : कांग्रेस-माओवादी र एमालेवीच प्रतिस्पर्धा

९ असार,  अर्घाखाँची । अर्घाखाँचीको चोक, गल्ली तथा गाउँगाउँमा चुनावी चर्चा छ । कसले चुनाव जित्छ भन्ने अड्कलवाजीहरु भइरहेका छन् ।

दुई दशक पछि स्थानीय तहको चुनाव हुन लागेकाले अर्घाखाँचीका नागरिकमा स्थानीय चुनावमा उत्साह थपेको छ ।

तिनै उत्साहित मतदाताको मन जित्न अर्घाखाँचीमा कृयाशील राजनीतिक दलहरुले विभिन्न एजेण्डा लिएर भोट मागिरहेका छन् ।
मानो रोपेर मुरी फलाउने समयमा चुनावी रौनक आएसँगै आफ्नो घर धन्दाको कामलाई व्यवस्थापन गरेर भएपनि कृषकहरुसमेत चुनावी रौनकका पछि लागेका छन् ।

उम्मेदवारहरु भने खेतवारीमा व्यस्त मतदाताहरुकहाँ पुग्न थालेका छन् । मुख्य गरी अर्घाखाँचीमा सन्धिखर्क नगरपालिकालाई दलहरुले प्रतिष्ठाका रुपमा लिएका छन् ।

यो नगरमा माओवादी र कांग्रेसबीच तालमेल भएको छ । एमाले एक्लै चुनावी मैदानमा छ ।

कांग्रेसले पूर्व जिल्ला सभापतिसमेत रहेका महासमिति सदस्य र एमालेले उद्योग बाणिज्य संघका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्यलाई उम्मेदवार बनाएकोले पनि दलहरु सन्धिखर्कमा केन्द्रित छन् ।

कांग्रेससंग तालमेल गरेको माओवादीले पनि उपमेयरमा जिल्ला संयोजकलाई नै उम्मेदवार बनाएको छ । सन्धिखर्कमा कांग्रेस-माओवादी गठबन्धन र एमाले दुवैले जित सुनिश्चत भएको दावी समेत गरेका छन् ।

जनताको सेवा बाहेक स्वास्र्थ छैन :  भुसाल

सन्धिखर्क नगरपालिका कांग्रेसका मेयर पदका उम्मेदवार कमलप्रसाद भुसालले आफू स्वार्थका साथ कुनै महल बनाउन उम्मेदवार नबनेको बताएका छने ।

निस्वार्थ रुपमा जनताको २४ सै घण्टा सेवा गर्ने प्रतिबद्धता गर्दै उनले मतदाताहरुसंग भोट मागिरहेका छन् । माओवादीसंग तालमेल हुनु अघिनै कांग्रेस बलियो रहेको सन्धिखर्कमा तालमेल भएसँगै जित सुनिश्चित भएको उनले बताए ।

भुसालले जनतालाई खानेपानीको व्यवस्था गर्ने, शिक्षा, स्वास्थ्य, बेरोजगार समस्या समाधानका लागि पहल गर्ने, कृषीमा आत्मनिर्भर बनाउने लगायतका एजेण्डा लिएर चुनावी मैदानमा होमिएका छन ।

नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति भुसाल अहिले महासमिति सदस्य छन् ।

एजेण्डाले नै जित भइसकेको छ : श्रेष्ठ

नेकपा एमालेबाट सन्धिखर्क नगरपालिका मेयर पदका उम्मेदवार कृष्णप्रसाद श्रेष्ठले एमालेको जित सुनिश्चत रहेको दाबी गरेका छन् । ‘हाम्रो जित भइसको छ, उनले भने-‘टिका र माला लगाउन बाकीँ छ ।’

श्रेष्ठले सन्धिखर्क नगरपालिकालाई स्मार्ट सिटी, समृद्ध नगर बेरोजगार समस्या समाधान गर्न पहल गर्ने, बजारलाई सफा सुन्दर बजार बनाउने, खानेपानी समस्या हटाउने लगायतका एजेण्डा भएकाले जितको बलियो आधार भएको बताए ।

श्रेष्ठ उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष हुन ।

माओवादीका एजेडा-एक घर, एक रोजगार

यता नेकपा माओवादी केन्द्रले एक घर एक रोजगार, सबै घर स्वरोजगार, कृषि, पर्यटन, सडक, पुर्वाधार लगायतका एजेण्डा अघि सारेको छ ।

साथै सन्धिखर्क नगरपालिकालाई सुन्दर नगरपालिका बनाउने माओवादीले प्रतिबद्धता जनाएको छ ।

कांग्रेसंग तालमेल गरेको माओवादी केन्द्रले यस नगरमा उपमेयरमा ठाकुरकुमार वि.क.लाई उम्मेदवार बनाएको छ । विक माओवादी केन्द्र अर्घाखाँचीका जिल्ला संयोजक हुन् ।

पार्टीका झण्डाले रंगिए उम्मेदवारका गाउँ

यहााका गाउँ-सहरका चोकहरुमा राजनितिक दलका झण्डाले रंगिएको छ ।

सदरमुकामको सन्धिखर्क नगरपालिकामा नेपाली कांग्रेसका मेयरका उम्मेदवार कमलप्रसाद भुसालको घर वरिपरीका गल्लीमा कांग्रेसका झण्डाले रंगिएको छ भने, एमालेका उम्मेदवार कृष्णप्रसाद श्रेष्ठको घर वरिपरीका गल्लीहरु एमालेका झण्डाले रंगिएका छन, कांग्रेस र माओवादीतालमेल भएको सन्धिखर्कको हललाईनमा रुख र हसिँया हतौडाका झण्डाले साङलो बनाई रंगाएका छन ।

सुरक्षा व्यवस्था मजबुत : प्रजिअ

प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोख्रेलले जिल्लाको समग्र सुरक्षा अवस्था एकदमै मजवुत बनाएको बताए ।

केन्द्रीय नीति अनुसार भित्रि तह नेपाल प्रहरी, बाहिर तह सशस्त्र प्रहरी र तेस्रो तह नेपाली सेना परिचालन हुनेछ । सुरक्षाकर्मीर्लाई फिल्डमा खटाइसकेको प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताए ।

निवार्चनको तयारी अन्तिम चरणमा : पाण्डे

निवार्चन अधिकृत महेश पाण्डेले निवार्चन कार्यालयको तयारी अन्तिम चरणमा पुगेको बताए ।

उनले मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिएर ११/१२ गते सम्ममा मतदान अधिकृत तथा सबै कर्मचारीलाई फिल्डमा खटाउने गरी तयारी भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment