Comments Add Comment

फिल्म समीक्षाः किन हेर्ने सलमानको ट्युबलाइट ?

फिल्म– ट्युबलाइट

स्टारकास्ट- सलमान खान, सोहेल खान, शाहरुख खान (गेस्ट अपियरेन्स), स्व. ओम पुरी, झू झू, यशपाल शर्मा आदि

निर्देशक- कबिर खान

भारत र चीनको आपसी सम्बन्ध न्यानो छैन । यी दुई शक्ति राष्ट्रले बर्षौदेखि बैमनश्यता साँध्दै आएका छन् । दुबै एकअर्काप्रति सशंकित छ । त्रसिद छ ।

शुक्रवार सार्वजनिक भएको सलमान खानको फिल्मको कथा भने यहि दुई देशको सीमावर्ती क्षेत्रबाट उठान हुन्छ । फिल्म भारत-चीन युद्धकै पृष्टभूमिमा उभिएको छ । तर, यो युद्धको कथा होइन । युद्धको चपेटामा परेका सहोदर दाजुभाईको सम्बन्धको कथा हो ।

ईद सलमानको लागि फलिफापसिद्ध हुने गरेको छ । त्यही कारण उनी आफ्नो फिल्मको रिलिज डेट यहि तिथिमा जुराउँछन् । यसपाली पनि उनले ईदको मौका छोप्दै आफ्नो फिल्म ‘ट्युबलाइट’ सार्बजनिक गरेका छन् । कबीर खानसँगको यो उनको तेस्रो फिल्म हो । यसअघि उनले बनाएको ‘एक था टाइगर’ र ‘बजरंगी भाइजान’ सुपरहिट साबित भएको छ । यसपाली कबिरसँगको साठगाँठ कतिको फलिफाप होला त ?

कथा

लक्ष्मणसिंह विस्ट (सलमान खान), जसलाई आसपासका छिमेकीले ‘ट्युबलाइट’ नामले बोलाउँछन् । ट्युबलाईटको विशेषता हामीलाई थाहै छ, यो बल्नका लागि अलि समय लगाउँछ । तर, बलेपछि तुलनात्मक रुपमा चहकिलो हुन्छ ।

फिल्ममा पनि सलमान कुनैपनि कुरा चाडै बुझ्दैनन् । उनलाई ति कुरा सम्झनका लागि केहि समय लाग्छ । उनको जीवन जिउने एकै तरिका छ, आफ्नो विश्वासलाई जीवित राख । यदि विश्वास कायम छ भने तपाई जीवनमा जे पनि गर्न सक्नुहुन्छ ।

लक्ष्मणको भाई छ भर (सोहेल खान) । दुबै अनाथ । भारत र चीनको सीमावर्ती क्षेत्रको एक गाउँमा बस्छन् । यो १९६२ ताकाको चीन-भारतको युद्धको समय हो ।

युद्धको कारण सेनामा भर्ती हुने क्रम बढ्दो हुन्छ । भरत पनि सेनामा भर्ती हुन पुग्छन् । यद्यपी भरतलाई डर हुन्छ कि, यदि आफु सेनामा भर्ती भइयो भने लक्ष्मण एक्लो हुन्छ । तरपनि उसले युद्धमा जाने फैसला गर्छ ।

लक्ष्मण भाईलाई प्रतिक्षा गरेर बस्छ । भारतको कुनै खबर आउँदैन । सबैले ठान्छन् कि, युद्धभूमीमा होमिएका भरत अब फर्केर आउँदैन । तर, लक्ष्मणको विश्वास उनीसँग छ । के त्यो विश्वासकै भरमा लक्ष्मणले भाई भरतलाई फिर्ता लिएर आउँछ ? फिल्मले यसैको कथा भन्छ ।

फिल्मको राम्रो पक्ष

फिल्मको भारलाई सलमानले थेगेका छन् । उनी नयाँ हुलियामा पर्दापण भएका छन् । पुरै फिल्म उनको आसपासमा रचिएको छ । फिल्मले राम्रो सन्देस पनि बोकेको छ । फिल्मको संगीत, गीतले दर्शकलाई बाँधेर राख्छ ।

कमजोर पक्ष

फिल्मको कथा कमजोर छ । स्क्रिप्ट  र स्क्रिप्ले दुबै कमजोर छ । कबीर खानले आफ्नो पहिलो दुई फिल्मको जादु यसमा देखाउन सकेका छैनन् । कहि कतै यस्तो दृश्य छ, जो फिल्मसँग खासै तालमेल खाँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment