Comments Add Comment

छोरीहरुमाथि श्रीदेवीको कडा शासन, व्वाइफ्रेण्ड बनाउन बन्देज

बलिउड अभिनेत्री श्रीदेवीले आफ्ना दुई छोरीहरुलाई कडा शासनमा राखेकी छन् । उनीहरुलाई धेरै कुरामा बन्देज छ ।

हालै एक अन्तरवार्तामा श्रीदेवी आफैंले भनिन्, ‘हो, छोरीहरुको अनुशासनको मामलामा म एकदम कडा छु ।’

जान्भी र खुशीले आमाको अनुमति बेगर घरबाट निस्कन पाउँदैनन् । निस्केपछि उनीहरुले भनेको टाइममा घर फर्किनुपर्छ । दुई मिनेट पनि ढिला भए भने फोन दवाइहाल्छिन् ।

श्रीदेवी भन्छिन्, ‘उनीहरु घर आउन ढिला गरे भने मलाई छट्पटी भइहाल्छ । फोन गरेको गर्‍यै गर्छु र घर आएपछि साफसँग झपार्छु ।’

अर्को अनौठो कुरा के छ भने श्रीदेवीले छोरीहरुलाई सेल्फी खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्न बन्देज लगाएकी छिन् । पहिले-पहिले जान्भीले सामाजिक सञ्जालमा सेल्फी खुब हाल्थिन् । अहिले धेरै भो नहालेको । उनी केवल आफ्नो फोटोसुटका तस्वीरहरु मात्र राख्छिन् ।

यति मात्र होइन, श्रीदेवीले छोरीहरुलाई व्वाइफ्रेण्ड बनाउन पनि रोक लगाइदिएकी छिन् । केही समय पहिले जान्भीले व्वाइफ्रेण्ड शिखर पहाडियासँग किस गरिरहेको फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसबाट निकै क्रोधित भएकी श्रीदेवीले उक्त सम्वन्ध तोड्न छोरीलाई वाध्य पारिन् ।

‘त्यसदेखि यता मैले छोरीहरुलाई व्वाइफ्रेण्ड बनाउन दिएकी छैन,’ उनले दावी गरिन् । त्यसो त उनले केटासाथीहरुसँग दुरी बनाउन र उनीहरुसँग टाँस्सिएर फोटो नखिच्न समेत छोरीहरुलाई चेतावनी दिएकी छिन् ।

जान्भी अहिले फिल्म खेल्ने तयारीमा छिन् । तर श्रीदेवीलाई यो कुरा मन परेको छैन । उनी त छोरीले बिहे गरेर घरजम गरेको हेर्न चाहन्छिन् ।

अन्तरवार्तामा उनले भनिन्, ‘हरेक बाबुआमाको चाहना यही हुन्छ, छोराछोरीले चाँडै घरजम गरुन् । म पनि यही चाहन्छु । मैले जान्भीलाई बारम्बार भनिरहेकी छु कि फिल्ममा नलाग, यो निकै कठिन काम हो । तर, उनी मानिरहेकी छैनन् । आजकालका बच्चाहरुलाई सकिदो रहेनछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment