Comments Add Comment

दुई बालक मृत फेला

११ असार, सुनसरी । सुनसरी जिल्लाको दुहवी नगरपालिका–४ बूढीखोलाको पुल नजिकै आज बिहान स्थानीयवासीले दुईजना बालकको शव फेला पारेको इलाका प्रहरी कार्यालय, दुहवीले जनाएको छ ।

प्रहरीका अनुसार सुनसरीको लौकही घर भई हाल दुहवी–४ मा बसोबास गर्दै आएका दिदीभिनाजुको घरमा बस्दै आएका १४ वर्षीय आकाशकुमार साह र इटहरी खनार १४ घर भई हाल दुहवी–४ मा रहेको मावली घरमा बस्दै आएका ११ वर्षीय सजन चौधरी मृत अवस्थामा फेला परेका हुन् ।

उनीहरु दुवै शनिबार दिउँसो ४ बजेदेखि घर परिवार अर्थात् नातेदारबाट सम्पर्कविहीन हुन पुगेका थिए । दुवैलाई बूढीखोलाले बगाउँदै ल्याएको अवस्थामा शव देखिएको र उनीहरु शनिबार सम्पर्कविहीन भएका किशोरहरु भएको खुल्न आएको पनि इप्रका, दुहवीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment