Comments Add Comment

जहाँ साहुले नै हाल्दिन्छन् भोट

१२ असार, काठमाडौं । बाजुरा स्वामीकार्तिक–३ कडारबाडाका मंगल्या कडाराले अहिलेसम्म आफ्नै हातले मतदान गर्न पाएका छैनन् । यसपटक पनि उनी साहुलाई नै मतदान गर्न दिने योजनामा छन् । भन्छन् –हामी राउँदैनौं, बिग्रिएला, रौतेला उठिबक्सेको छ, भाग्य रौतेलाकन बिन्ती गरुँला (हामी थाहा पाउँदैनौं, बिग्रियला, बाबुसाहेब उठेका छन् । साहुलाई मत हाल्न अनुरोध गर्छु ।’

सुदूरपश्चिमका पहाडी जिल्ला बाजुरा, बझाङ, अछाम, डोटीलगायत जिल्लामा अझै पनि खलो र हलिया प्रथा कायमै छ । आफ्नो जग्गा नभएका कारण यहाँका दलित उपल्ला जातिको खेतमा काम गर्छन् । खेतमा काम गरेवापत पाउने अन्नलाई खलो प्रथाका रुपमा मानिन्छ ।

शिक्षाबाट बञ्चित भएका कारण उनीहरुले आफैंले मतदान गर्दा बिग्रने डरले साहुलाई मतदान गर्न दिन्छन् । यस क्षेत्रका दलित मध्ये कडाराले घर चिन्ने, लुहारले फलामको काम गर्ने , दमाईले कपडा सिलाउने, चदाराले काठको काम गर्ने र सहनाईले बाजा बजाउने काम गरेवापत अन्न पाउँछन् । राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment