Comments Add Comment

कोलम्बियामा डुंगा दुर्घटना, ९ जनाको मृत्यु

१२ असार, काठमाडौैं । कोलम्बियामा डुंगा डुब्दा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने २८ जना हराइरहेका छन् ।

उत्तर पश्चिम कोलम्बियामा १५० यात्रु सवार डुंगा डुबेको अधिकारीहरुले बताएका छन् । पर्यटकीय नगरी ग्वाटापे नजिकै रहेको कृत्रिम जलाशयमा डुंगा डुबेको थियो ।

दुर्घटनालगतै अन्य डुंगाले पीडितहरुको उद्दार प्रयास गरेका थिए भने सेनाको हेलिकोप्टर पनि पुगेको छ ।

स्थानीय अधिकारीहरुले उद्दार गरिएका मध्ये २० जनाको अवस्था गम्भीर रहेको जनाएका छन् । उनीहरुलाई अस्पताल पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment