Comments Add Comment

कविता: मतपत्र

यो हत्केलामा बसेको
मतपत्र अगाडि
सगर्व उभिएको छु
यो देशको सबैभन्दा सार्वभौम नागरिक

यो सानो मतपत्र
मेरो हत्केलामा आएपछि
ठूलो भएको हु म
र ठूलो भएको हो मेरो स्वाभिमान

यो हत्केलामा मत्रपत्र आउनु अगाडि
आएका थिए हुलका हुल नमस्कारका जुलुशहरु
र आएका थिए गुलिया अक्षरहरु
अक्षरमै आए …
पाठशाला
धर्मशाला
बाटो, बिजुली र अस्पताल
नबनेका सबै–सबै बनेर आएका थिए अक्षरमै
यो हत्केलामा मतपत्र आउनु अगाडि

यसरी आएको म
मसँगै आएको यो मतपत्र
जसै यो पतपेटिकामा पस्छ
म आफैं मतपत्र हुनेछु
म त पत्र हुनेछु
म त पत्रपत्र हुनेछु
म अलपत्र हुनेछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment