Comments Add Comment

रुकुममा ५५ प्रतिशत मत खस्यो

१४ असार, रुकुम । रुकुमका ३ वटै गाउँपालिकामा दिउँसो २ बजेसम्म ५५ प्रतिशत मत खसेको छ ।

३ वटा स्थानीय तहमा जम्मा २४ हजार ४ सय ८१ मतदाता रहेकोमा अहिलेसम्म १४ हजार बढी मत खसेको निर्वाचन कार्यलयले जानकारी दिएको छ ।

रुकुम २ गाउँपालिका प्रहरीको वाकीट्वाकीको भरमा

रुकुमका पुथा उत्तरगंगा र भुमे गाउँपालिकामा सञ्चार सेवा नहुँदा निर्वाचन गतिबिधिको जानकारी लिन असहज भएको छ ।

२ वटै गाउँपालिकामा विगत १ महिनादेखि टेलिफोन सेवा अवरुद्ध भएको हो । ती गाउँपालिकाका मतदान केन्ऽको गतिविधि बुझ्न प्रहरीको वाकीट्वाकीको प्रयोग भइरहेको छ ।

५ नं प्रदेश अन्तरगत पर्ने भुमे गाउँपालिकाका केही वडामा प्रहरीको रेडियो सेटले समेत काम नगरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

टेलफोन टावरको व्याट्री चार्जमा देखिएको समस्याले गर्दा टेलिफोन अवरुद्ध भएको नेपाल टेलिकम रुकुमले बताएको छ ।

बुधबार विहानसम्म ४ वटा मतदान केन्ऽमा सम्पर्क हुन नसके पनि अहिले भने सबै मतदान केन्ऽहरु सम्पर्क आइसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म रुकुमका ३ वटै गाउँपालिकामा २० प्रतिशतको हाराहारीमा मत खसेको जिल्ला निर्वाचन अधिकारी कमल देवकोटो जानकारी दिए ।

सबै निर्वाचन केन्ऽहरुमा मतदान उत्साहजनक र शान्तीपूर्ण रुपमा भइरहेको निर्वाचन कार्यालयले बताएको छ ।

५ नं. प्रदेशमा पर्ने रुकुमका सिस्ने, भूमे, र पुथा उत्तरगंगा गाउँपालिकामा एक सय ५६ पदका लागि ४ सय १२ उम्मेदवार चुनावी मैदानमा छन् । १ सय ६१ पद मध्य ६ वटा पदमा भने निर्विरोध भइसकेका छन् ।

जिल्लाका ६ वटा स्थानीय तहमा भने पहिलो चरणमा निर्वाचन भइसकेको छ ।

मध्यपहाडी राजमार्ग पनि बन्द

गएरातीको भारी वर्षाका कारण रुकुममा पर्ने मध्यपहाडी राजमार्गका विभिन्न ठाउँका सडकहरु पनि भत्किएका छन् ।

पूर्वी रुकुमको एकमात्र सडक सञ्जालको रुपमा रहेको मध्य पहाडी राजमार्ग अवरुद्ध भएपछि निर्वाचनको अनुगमन गर्न पनि गाह्रो भएको प्रमुख जिल्ला अधिकारी बंशीकुमार आचार्यले बताए ।

रुकुमका दुर्गम पूर्वी भागमा रहेका केही मतदान केन्द्र रहेका ठाउँसम्म पुग्न पैदल ४ दिनसम्म लाग्ने गर्दछ ।

मत गणना आजै साँझबाट सुरु हुने

दोस्रो चरणमा निर्वाचन भएका रुकुमका तीन वटै स्थानीय तहको मत गणना आजै साँझ सुरु गर्ने मुख्य निर्वाचन अधिकृत दण्डपानी न्यौपानेले बताए ।

मतदान सकिए लगत्तै मत पेटिका संकलन गरी तत्कालै गणना सुरु गरिने छ ।

दुर्गम क्षेत्रका मत पेटिका संकलनको लागि हेलिकोप्टरको समेत प्रयोग गर्न सकिने न्यौपानेको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment