Comments Add Comment

बुटवल उपमहानगरः मेयरमा कांग्रेस र उपमेयरमा एमाले अगाडि

१५ असार, बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ ।

बुटवलमा कांग्रेस र माओवादीको गठबन्धन छ । गठबन्धनबाट अध्यक्षको उम्मेदवार बनेका कांग्रेसका खेलराज पाण्डेयको पक्षमा २०३ मत परेको छ । यसैगरी एमालेका शिव सुवेदीको १३४ मत छ ।

उपाध्यक्षमा एमालेकी उम्मेदवार गोमा आचार्यले कांग्रेस माओवादी गठबन्धनका उम्मेदवार जगतबहादुर पोखरेललाई पछि पारेकी छन् । आचार्यको १५३ र पोखरेलको १२८ मत छ ।

वडा नम्बर १ को अध्यक्षमा एमालेका महेन्द्र लिगलले १४८ मतसहित सुरुवाति अग्रता लिएका छन् । कांग्रेसका नरेन्द्र बस्नेतको पक्षमा १०८ मत परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment