Comments Add Comment

डोटीका तीन स्थानीय तहमा कांग्रेस अगाडि

मतगणना नभएका स्थानको गणना छिट्टै

डोटी, असार १५ । दुई नगरपालिका र सात गाउँपालिका रहेको डोटीको पाँच स्थानीय तहको मतगणना सुरु भएको छ । गणना भएकोमध्ये तीन स्थानीय तहको प्रारम्भिक परिणाम बाहिरिएकाे छ ।

प्रारम्भिक परिणाम अनुसार तीनवटै स्थानीय तहमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

दिपायल सिलगढी नगरपालिका–१ को पाँच सय मत गणना हुँदा नेपाली कांग्रेसका मेयर उम्मेदवारले तीन सय एक मतका साथ अग्रता लिइरहेका छन् । कांग्रेस उपमेयर उम्मेदवारको मत एक सय ९७ छ । एमाले मेयर उम्मेदवार ८४ मतका साथ कांग्रेस उम्मेदवारलाई पछ्याइरहेका छन् । एमाले उपमेयरको मत १ सय ९६ छ ।

नेकपा माओवादी केन्द्रका मेयरले ४८, उपमेयरले १५ मत पाएका छन्कोर ।

शिखर नगरपालिका–१ को पाँच सय मत गणना हुँदा कांग्रेसका मेयर उम्मेदवारलाई २ सय ७१ मत प्राप्त भएको छ । कांग्रेस उपमेयर उम्मेदवारलाई भने दुई सय ७१ मत मिलेको छ । एमाले मेयर उम्मेदवारले एक सय ६५ मत प्राप्त गर्दा उपमेयर उम्मेदवारको भोट एक सय ६८ छ । माओवादी केन्द्रका मेयर उम्मेदवारले २८ र उपमेयरले मात्रै २४ मत ल्याएका छन् ।

केआईसीं गाउँपालिकामा पनि कांग्रेसकै अग्रता छ । कांग्रेसका अध्यक्षले दुई सय ४२ मत प्राप्त गरेका छन् । यहाँ कांग्रेसलाई जनमोर्चाले टक्कर दिइरहेको छ । मतगणनामा एमाले तेस्रो स्थानमा छन् ।

अन्य दुई गाउँपालिका सायल र आदर्शमा मतगणना सुरु भइसकेको भए पनि परिणाम सार्वजनिक भएको छैन । पूर्वीचौकी, बडीकेदार, बोगटान र जोरायल गाउँपालिका सुरु हुन नसकेको मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment