Comments Add Comment

नीशाको ‘मेहेन्दी’मा नायिकाको हाँसो


भोली अर्थात असार १६ गते बिहे बन्धनमा बाँधिन लागेकी नायिका नीशा अधिकारीलाई शुभकामना दिन केही नायिकाहरु उनको घरमा पुगेका छन् । हातमा मेहेन्दी लगाएर लजाएकी नीशालाई उनका साथीहरुले शुभकामना दिए ।

शुक्रबार नीशा र क्रिकेटर शरद भेष्वाकरको बिहे हुँदैछ । केही बर्ष प्रेम सम्बन्धमा रहेको यो जोडीले बिहे गर्ने निर्णय गरेको हो । नायिका वेनिशा हमाल, मोडल रीमा विश्वकर्मा, पूर्व मिस नेपाल माल्भिका सुब्बा नीशालाई शुभकामना दिन पुगेका थिए ।

चलचित्र निर्माण र अभिनयमा एकसाथ अगाडि बढिरहेकी नीशाको बिहेपछि करिअर कसरी अगाडि बढ्छ, प्रतिक्षित नै छ । क्रिकेटर शरद पनि सो नीशाकै घरमा देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment