Comments Add Comment

सुशिल र बर्षाको ‘कारखाना’ रिलिज


शुक्रबार अर्थात आजबाट चलचित्र ‘कारखाना’ रिलिज भएको छ । अमरदिप सापकोटाको निर्देशनमा तयार भएको यो चलचित्रले सरोगेसीको कथालाई उठान गरेको छ ।

‘मायाले बोलेको बोली मिठो भो’ गीतका कारण पनि यो चलचित्र चर्चामा छ । नयाँ कथावस्तु र प्रस्तुतीका कारण पनि यो चलचित्र चल्नु पर्ने दाबी यसका निर्देशक सापकोटा गर्छन् ।

चलचित्रमा सुशिल श्रेष्ठ र बर्षा सिवाकोटीको जोडीलाई हेर्न सकिन्छ । निरन्तर चलचित्र असफल हुँदा नायिका सिवाकोटीको करिअर ओरालो लागिरहेको छ । यसैले पनि उनका लागि यो चलचित्रको व्यापार महत्वपूर्ण छ । नायक सुशिल श्रेष्ठका लागि पनि यो चलचित्र चल्न आवश्यक छ ।

नेपाली चलचित्रको व्यापार कमजोर बनिरहेको समयमा ‘कारखाना’ले थोरै भएपनि खुशी छर्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment