Comments Add Comment

‘फन्ने खां’मा ऐश्वर्याको भूमिका खुलासा

फिल्म ‘ताल’मा अनिल कपुर र ऐश्वर्य रायले एकसाथ देखिएका थिए । उनीहरु १७ बर्षपछि पुन स्क्रिन शेयर गर्दैछिन्, फिल्म ‘फन्ने खां’मा । उक्त फिल्ममा ऐश्वर्यको भूमिका पनि खुलासा भएको छ । तालमा उनी नर्तकी थिइन्, यसमा गायिका ।

ताल फिल्ममा अनिल कपुर नृत्य र गायकका निर्देशक बनेका थिए । उनले सामाजिक संजालमा राखेका फस्ट लुकमा अनिल चम्किलो ब्लेजर र पाइन्टमा देखिएका छन् । फिल्ममा ऐश्वर्यले आफ्नो गीत आफै रेकर्ड गराउँछिन् ।

उनी रेट्रो लुकमा देखिदैछिन् । फिल्ममा अनिल र ऐश्वर्यले जोडी भने बाँधेका छैनन् । यो डच फिल्म ‘एभ्रीबडी फेमस’को रिमेक हो । फिल्मका निर्देशक अतुल मांजरेकर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment