Comments Add Comment

बैतडीको पुर्चाैडी नगरपालिकामा माओवादी विजयी, रणबहादुर बने मेयर

शिक्षकबाट राजीनामा दिएका कर्णबहादुर तेस्रो

१८ असार, बैतडी । बैैतडीको पुर्चाैडी नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ । नगरपालिकाको मेयर र उपमेयर दुवैमा माओवादी विजयी भएको हो ।

मेयरमा माओवादीका रणबहादुर कुँवर ४४४६ मतका साथ विजयी भए । कुँवरले नेपाली नेपाली कांग्रेसका दीपक बमलाई ३३५ मतले पराजित गरेका हुन् । बमले ४१११ मत ल्याएका छन् ।

उपमेयरमा माओवादी केन्द्रकी जानकी बम विजयी भएकी हुन् । उनले ४९८४ मत ल्याइन । बमकी निकटतम प्रतिद्वन्द्व एमालेकी जानकी साउदले ३७८७ मत पाप्त गरिन् ।

शिक्षकबाट राजीनामा दिएका कर्णबहादुर तेस्रो

शिक्षकबाट राजीनामा दिएर एमालेबाट स्थानीय तहको चुनाव लडेका कर्णबहादुर कुँवरको मेयर बन्ने सपना तुहिएको छ ।

उनी माओवादी केन्ऽले जितेको पुर्चाैडी नगरपालिकामा कांग्रेसका उम्मेदवार भन्दा पछि परे । उनले ३८०० मत प्राप्त गरेका छन् ।

यो सँगै बैतडीका दशवटै तहको मतपरिणाम सार्वजनिक भएको छ । जसमध्ये नेपाली कांग्रेस ३ नगर र ३ गाउँपालिका गरी ६ स्थानीय तहमा जितेको छ भने एमालेले ३ गाउँपालिकामा जित हात पारेको छ । माओवादी केन्द्रले १ नगरपालिकामा बिजयी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment