Comments Add Comment

रुपन्देहीको ओमसतिया गाउँपालिकामा माओवादी विजयी


१८ असार भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ ।

माओवादी केन्द्रका हिराकुमार केवट २४४२ मतका साथ विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका मञ्जितकुमार यादवले २३११ मत ल्याएका छन् ।

यस्तै उपाध्यक्षमा पनि माओवादी केन्द्रकै सुन्दरमती हरिजनले २२६४ मत ल्याएर विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी अमृता उप्रेतीले २१७२ मत प्राप्त गरिन् ।

रुपन्देहीमा माओवादीको यो पहिलो जित हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment