Comments Add Comment

दोस्रो इनिङमा पनि एमालेको शतक, राप्रपाले खाता खोल्यो

१९ असार, काठमाडौं । दोस्रो चरणको चुनावमा पनि नेकपा एमालेले १०० बढी स्थानीय तह जितेको छ । सोमबार विहान गुल्मीको इस्मा र मदानेको परीणाम एमालेको पक्षमा गएको छ । यससँगै एमालेले दोस्रो इनिङ (चरण) मा पनि शतक हानेको छ ।

२३१ स्थानीय तहको मत परीणाम बाहिर आउँदा एमालेले १०१ मा जित हात पारेको छ । एमालेले प्रदेश नम्बर १ मा ४७ स्थानीय तह जितेको छ । प्रदेश नम्बर ५ मा २५ र ७ मा २९ स्थानीय तह जितेको छ ।
पहिलो चरणमा एमालेले १२५ स्थानीय तह जितेको थियो ।

कांग्रेसले एमालेलाई पछ्याइरहेको छ । उसले अहिलेसम्म ८९ स्थानीय तहमा जित हात पारेको छ ।

सोमबार झापाको कचनाकवलमा जितेसँगै दोस्रो चरणमा राप्रपाले आफ्नो खाता खोलेको छ । पहिलो चरणमा पनि राप्रपाले एक स्थानीय तह जितेको थियो ।

संघीय समाजवादी फोरम र नयाँ शक्तिले ६ स्थानीय तह जितेको छ भने फोरम लोकतान्त्रिकले २ र राष्ट्रिय जनमोर्चाले २ स्थानीय तह जितेको छ ।

अब १०३ स्थानीय तहको मत परिणाम आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment