Comments Add Comment

वर्षामा हुनसक्छ यस्तो संक्रमण, के छ घरेलु उपचार विधी


अक्सर वर्षायाममा छालामा अनेक संक्रमण हुनसक्छ । त्यसमध्ये पनि खुट्टाको औंलाको कापमा संक्रमण हुन्छ । यसलाई चलनचल्तीको भाषामा, हिलोले खाएको पनि भनिन्छ ।

फोहोर पानी, हिलोको कारण मात्र नभई, खुट्टा पानीमा भिजेर ओसिलो हुँदा पनि यस्तो समस्या देखिन सक्छ । खुट्टाको औंलाको कापमा हुने संक्रमणले चिलाउने, सुन्निने हुन्छ । यसलाई वेवास्ता गर्दा हिँड्नै गाह्रो हुने वा जुत्ता लगाउनै नसकिने गरी समस्या ल्याउँछ । त्यसले यस्तो संक्रमणबाट बच्न सावधानी अपनाउनु पर्छ ।

खुट्टाको औंलाको कापमा हुने फंगल इन्फेक्सनबाट बच्न अस्पताल धाइरहनु पर्दैन, घरेलु विधीबाट पनि उपचार गर्न सकिन्छ ।

– यसबाट बच्नका लागि खुट्टालाई खुला राख्नुपर्छ । गुम्साएर राख्नु हुँदैन ।

– मोजा सूतीको हुनुपर्छ, साथै सफा पनि ।

– खुट्टालाई ओसिलो र तातो स्थानमा नराख्ने ।

– आवश्यक्ता परेमा एन्टि फंगल क्रिम लगाउनुपर्छ ।

१. नुन र बेसार

नुन र बेसारको मिश्रणले औषधिय काम गर्छ । खासगरी तातो पानीमा नुन र बेसार घोलेर नियमित रुपमा खुट्टा डुबाउने गर्नुपर्छ । केहि समय खुट्टा डुबाएपछि सफा कपडा वा कपासले खुट्टाको काप सफा गर्नुपर्छ, ताकि ओसिलो नरहोस् ।

२. लसुनको पेस्ट

लसुनमा एन्टिब्याक्टेरियल गुण हुन्छ, जसले संक्रमण हटाउन मद्दत गर्छ । लसुनको दुई केस्राको पेस्ट बनाउने त्यसमा केहि थोपा ओलिभ आयल मिसाउने र प्रभावित भागमा लगाउनुपर्छ । करिब आधा घण्टापछि त्यसलाई एन्टि फंगल साबुनले धुनुपर्छ । यो प्रक्रिया केहि दिनसम्म जारी राख्नुपर्छ ।

३. घिउकुमारी

घिउकुमारीको प्रयोग पनि लाभदायक हुनसक्छ । संक्रमण भएको स्थानमा घिउकुमारीको जेल लगाउने र मसाज गर्ने । यो काम दिनमा दुई/तीन पटकसम्म गर्न सकिन्छ ।

४. टि ब्याग

प्रयोग गरिसकेको टि ब्याग पनि यसमा उपयोगी हुन्छ । किनभने यसमा टेनिक एसिड हुन्छ, जसले फंगल इन्फेक्सन रोक्छ । चार कप उमालेको पानीमा चार वटा टि ब्याग राख्नुपर्छ । त्यसमा २०, ३० मिनेट खुट्टा डुबाएर राख्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment