Comments Add Comment

ताप्लेजुङमा रेडपाण्डा संरक्षणका लागि कृत्रिम पोखरी निर्माण

२१ असार, ताप्लेजुङ । वन्यजन्तु संरक्षणमा टेवा पुर्याउने उद्देश्यले ताप्लेजुङका सामुदायिक वनभित्र कृत्रिम पोखरी निर्माण गरिएको छ ।

जिल्लाको माथिल्लो क्षेत्रमा पाइने लोपोन्मुख वन्यजन्तु रेडपाण्डा (हाब्रे) हिउँदको समयमा पानी खोज्दै बसाइँ सर्ने भएकाले वन्यजन्तुलाई संरक्षण गर्न पोखरी निर्माण गरिएको हो ।

वन्यजन्तु संरक्षण क्षेत्रमा कार्यरत संस्था हिमाली संरक्षण मञ्च र रेडपाण्डा नेटवर्कको सहकार्य र सामुदायिक वनहरूको साझेदारीमा जिल्लाको लालीगुराँस र फुरुम्बु खर्क सामुदायिक वनभित्र २ वटा पोखरी निर्माण गरिएको हो ।

ताप्लेजुङमा रेडपाण्डा, हिउँ चितुवा, कस्तुरी, खरायो, घोरल, भालु, नाउर, बाघ लगायतका वन्यजन्तुहरु पाइन्छन् । तर, बासस्थान, खानेकुरा, पानीको अभावका कारण खासगरी रेडपाण्डाको संख्यामा दिनप्रतिदिन ह्रास आइरहेको छ ।

तिनकै संरक्षणको लागि पोखरी निर्माण गरिएको रेडपाण्डा नेटर्वकका कार्यक्रम अधिकृत दिनेश घलेले बताए । सो संस्थाले ताप्लेजुङ नगरपालिका सहित ५ वटा गाउँपालिकामा वन्यजन्तुको संरक्षणका लागि काम गरिरहेको छ ।

पर्यटकीय क्षेत्रको सम्भावना बोकेको ताप्लेजुङलाई खासगरी रेडपाण्डाको मुख्य बासस्थानको रुपमा लिइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment