Comments Add Comment

काठमाडौं–सुकेटार हवाई सेवा अवरुद्ध


२३ असार, ताप्लेजुङ । जिल्लाकाे सुकेटार विमानस्थलमा हवाई सेवा स्थगित भएको छ । मौसममा आएको खराबीले अनिश्चितकालका लागि सेवा बन्द गरिएको नेपाल वायुसेवा निगमले जनाएको छ । सेवा बन्द भएसँगै सेवाग्राही मर्कामा परेका छन् ।

यो विमानस्थलमा निगमले मात्रै काठमाडौं–ताप्लेजुङ नियमित उडान गर्दै आएको छ । चार्टर उडान भने गोमा र यतीले गर्छन् ।

मौसमका कारण काठमाडौंबाट उडेको जहाज लगातार तीन दिन बस्न नसकेको र एक दिन बाटोबाटै फर्किएपछि स्थगित गर्नुपरेको स्टेसन म्यानेजर विकास राईले बताए । राईका अनुसार अबको उडान भदौदेखि मात्रै हुन सक्छ ।

यो विमान स्थलमा काठमाडौंबाट ४५ देखि ५५ मिनेटमा हवाई यात्रा हुने गरेको छ । संखुवासभा, भोजपुरलगायत पहाडै पहाडको रुट भएर उडाए चाँडो र तराईको रुट भए ढिलो गरी गन्तव्य पुगिन्छ । धावनमार्ग पक्की भएकाले उडान र अवतरणमा मैदानको भने समस्या नरहेको विमान कर्मचारी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment