Comments Add Comment

संघीय फोरम बन्यो रुपन्देहीमा दोस्रो ठूलो दल

कोटहीमाईमा पनि संघीय फोरम विजयी

२३ असार, रुपन्देही । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा विजयी भएसँगै संघीय समाजवादी फोरम नेपाल रुपन्देही जिल्लाको दोस्रो ठूलो दल बनेेको छ ।

कोटहीमाई गाउँपालिकाको अध्यक्षमा फोरम नेपालका चन्द्रभुषण यादव विजयी भएका छन् । उनले ३ हजार ३ सय ११ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी काँग्रेसका वीरेन्द्र कलवारले ३ हजार १ सय ८९ मत प्राप्त गरेका छन् ।

त्यस्तै गाउँपालिकाको उपाध्यक्ष पदमा फोरम नेपालकै भानुमती बनियाँ विजयी भएकी छिन् । उनले ३ हजार २६ मत प्राप्त गरी विजयी भएकी हुन् ।

उनको प्रतिद्वन्द्वी काँग्रेसकी सम्पति यादवले २ हजार ६ सय २१ मत प्राप्त गरेकी छिन् ।

फोरम नेपालले यस अघि जिल्लाको मर्चवारी, रोहिणी र गैडहवा गाउँपालिकामा विजयी हासिल गरिसकेको छ । यो सँगै फोरम नेपालले जिल्लाको १६ स्थानीय तह मध्ये ४ तहमा आफ्नो झण्डा गाडेको छ ।

त्यस्तै गाउँपालिकाको अध्यक्षमा र उपाध्यक्षमा स्वतन्त्र (राजपा) उम्मेदवारी दिएका उम्मेदवारहरु तेस्रो स्थानमा रहेका छन् ।

अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालकिशुन त्रिपाठीले (चुनाव चिन्ह केटाकेटी) ३ हजार १ सय ४४ मत प्राप्त गरेका छन् भने र उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका असर्फी यादवले (चुनाव चिन्ह डाडुपन्यु) २ हजार ५ सय ७० मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment