Comments Add Comment

उपमहानगरमा कांग्रेसले खाता खोल्यो, धनगढीको मेयरमा नृप विजयी

२४ असार, काठमाडौं । धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा नृप वड र उपमेयरमा सुशीला भट्ट विजयी भएका हुन् ।

मेयरमा विजयी वडले १४३२४ मत प्राप्त गरेका छन् । मतगणनाको सुरुवातमा अग्रता लिएका स्वतन्त्र उम्मेदवार गोपाल हमाल ११ हजार ५ सय २७ मत ल्याएर पराजित भए ।

उपमेयरमा विजयी भट्टले १७४०८ मत पाएकी छन् । उनकी निकटम प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवारले १२७६३ मत ल्याइन् ।

उपमहानगरपालिकामा कांग्रेसले पहिलोपटक जित निकालेको हो । यो जितसँगै कांग्रेस उपमहानगरपालिका गुम्न सक्ने खतराबाट जोगिएको छ ।  अब उपमहानगरपालिकामा धरानको नतिजा आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment