Comments Add Comment

जब करिनाले गरिन् फेसनमा यस्तो गल्ती


बलिउडकी फेसनेवल अभिनेत्री हुन्, करिना कपुर । तर, १७ बर्षे फिल्मी करियरमा उनले यस्ता गल्ती गरेकी छिन्, जसले उनको फेसनमाथि मजाक उडाइयो । एक पटक होइन, पटक-पटक ।

२००० मा सार्वजनिक फिल्म ‘रिफ्युजी’बाट बलिउडमा धमकेदार इन्ट्रि गरेकी करिनाले कहिले र कहाँ कस्तो फेसन गरिन् त ? जो चर्चाको विषय बन्यो ।

– जुन २०१४ मा जब करिना आफ्न्त भाई अरमान जैनको डेब्यु फिल्म ‘लेकर हम दीवाना दिल’ को प्रमोशनल इभेन्टमा पुगेकी थिइन् । साडीमा उनी निकै खुलेकी थिइन् । तर, उनको यो लुक गल्तीको कारण चर्चामा आयो । वास्तवमा उनले जुन सेफ्टी पिन कालो ब्लाउजको भित्र च्याप्नुपर्ने थियो, त्यो बाहिर स्पष्टसँग देखिन्थ्यो ।

– दोस्रो लुक २०१३ मा प्रदर्शित फिल्म ‘गोरी तेरे प्यार मै’को स्त्रिmनिङको हो । त्यहाँ करिना घरकै आरमदायक आउटफिट कालो टप र पाइजामामा देखापरिन् । पारदर्शी भएको कारण यो आउटफिटले अरुको ध्यान खिचेको थियो ।

 

– एक फिल्मको स्क्रिनिङ पुगेकी करिनाले सेतो टपसँग सुन्तले ब्रा लगाएकी थिइन् । त्यो पहिरनलाई उनले बहुरंगी स्कर्टसँग मिलाएकी थिइन् । पारदर्शी टप्ससँग यो बहुरंगी स्कर्ट हाँसउठ्दो देखिएको थियो ।

– गर्भावस्थाको बेला एक सार्वजनिक समारोहमा भाग लिएकी करिना निकै भद्दा र असुहाउदिलो देखिइन् । यसको कारण थियो, उनको फुस्रो रंगको गाउन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment