Comments Add Comment

कवि सरुले ल्याइन् ‘फूलहरुको आँधी’

पोखरा । पोखरेली कवि सरस्वती श्रेष्ठ ‘सरु’ को नयाँ कवितासंग्रह ‘फूलहरुको आँधी’ सार्वजनिक गरिएको छ । शनिबार आयोजित कार्यक्रममा साहित्यकार तीर्थ श्रेष्ठले कविताकृतिको लोकार्पण गरेका हुन् ।

४१ वटा समावेश यस कविता संग्रहमा महिलालाई फूलको विम्बको रुपमा प्रयोग गरिएको छ । संग्रहमा सामाजिक परिवेश र समसामयिक विषयवस्तुमा रचना गरिएका कविताहरु यसमा समावेश छन् । ‘फूलहरुको आँधी’ सरुको तेस्रो कृति हो ।

लोकार्पणपछि बोल्दै साहित्यकार तीर्थ श्रेष्ठले सुन्दर शब्दको प्रयोगले मात्र कविता सुन्दर हुने बताए । उनले शब्दहरुको आयात गर्ने प्रचलनले नै कवितामा प्राण भर्ने बताउँदै कविता लामो वा छोटो भन्नेतर्फ कवि/साहित्यकार रुमल्लिन नहुने धारणा राखे । साधनामा जोड दिँदै उनले भने, ‘कविता लेख्न छोटो समय अपुग हुने भएकाले कविहरुले कविताका लागि जीवन नै समर्पण गर्नुपर्छ’,

कार्यक्रममा कवि जीवनसागर भण्डारीले कवितासंग्रहमाथि समीक्षात्मक टिप्पणी गर्दै समाज र समसामयिक परिवेशलाई कवि श्रेष्ठले ऐना जस्तै छर्लङ्ग हुनेगरी लेखेको बताए ।

कवि सरुले आफ्नो कविताकृतिभित्र जीवनका अनेक रङ कवितामा उतार्ने प्रयास गरेको बताइन् । उनले अक्षरको खेतीमा पोखरेली युवा सांस्कृतिक परिवारले धेरै भरथेग र परिष्कारको काम गरेको भन्दै धन्यवाद दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment