Comments Add Comment

आर्यनकी ‘जस्मिन’ बन्ने तयारीमा अशिष्मा


नायिका अशिष्मा नकर्मीका लागि अहिले चलचित्र क्षेत्र सुखद बन्न थालेको छ । एकपछि अर्को चलचित्रमा व्यस्त बन्न थालेकी अशिष्मा अब भने आफूलाई ‘लक’ लाग्न थालेको बताउँछिन् ।

यो बर्ष अशिष्मा अभिनित चलचित्र ‘राधे’ रिलिज भैसकेको छ भने चलचित्र ‘संरक्षण’ साउन २७ गतेबाट रिलिज हुँदैछ । उनै, अशिष्माले अब नायक आर्यन अधिकारीसँग रोमान्स गर्ने भएकी छिन् । अशिष्माका अनुसार नायक आर्यन र उनले अभिनय गर्न लागेको चलचित्रको नाम ‘जस्मिन’ राखिएको छ ।

असारको अन्तिमबाट यो चलचित्रको छायांकन सुरु हुने अशिष्माको भनाई छ । अशिष्माले अब आफूलाई चलचित्र क्षेत्र सुखद बन्न थालेको समेत बताइन् ।

अशिष्माले यो चलचित्रको छायांकन लगतै निर्माता प्रदिपकुमार उदयले निर्माण गर्न लागेको नयाँ चलचित्रमा पनि काम गर्नेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment