Comments Add Comment

गोलभेडाले नियन्त्रण गर्छ उच्च रक्तचाप

कुन अवस्स्थामा फाइदा, कुन अवस्थामा बेफाइदा ?


गोलभेडालाई अचार वा सलादको रुपमा सेवन गर्न सकिन्छ । अक्सर तरकारीमा गोलभेडा मिसाइन्छ, जसले त्यसको रंग र स्वाद बढाउँछ ।

गोलभेडा सेवन गर्नुको फाइदा छ, बेफाइदा पनि । कुनै अवस्थामा यो अति फाइदाजनक मानिन्छ भने, कतिपय अवस्थामा बेफाइदाजनक । आफ्नो शारीरिक अवस्था र त्यसलाई बनाउने विधीमा त्यो कुरा निर्धारण हुन्छ ।

एक अध्ययन अनुसार गोलभेडाको सेवनले उच्च रक्तचाप नियन्त्रण गर्ने उल्लेख छ । कार्डियोभस्कुलर ड्रग्स एन्ड थेरापीमा प्रकासित एक अध्ययनमा जनाइएको छ, ‘गोलभेडाको रस पिउँदा उच्च रक्तचाप नियन्त्रण हुन्छ ।’ साथसाथै यसको कुनै दुष्प्रभाव (साइड इफेक्ट) नरहेको पुष्टि भयो ।

अमेरिकन हार्ट जर्नलमा प्रकासित अर्को लेखको निष्कर्ष थियो, ‘एन्टी अक्सिडेन्टले भरपुर गोलभेडाको रस पिउनाले ग्रेड-१ हाइपरटेन्सको बिरामीमा ब्लड प्रेशर कम देखियो ।’

कसरी ?

गोलभेडामा लाइकोपीन र बीटा क्यारोटीन जस्ता क्यारोटीनाइड हुन्छ, जो शक्तिशाली एन्टिअक्सिडेन्ट हो । यसले फ्रि रेडिकललाई निष्क्रिय गर्ने र शरीरको हानिकारक टक्सिन निकाल्न सहयोग गर्छ । यसले केवल एथेस्लेरोसिसको प्रगतिलाई धिमा मात्र गराउँदैन, अक्सिडेटिभ स्ट्रेसलाई पनि कम गर्छ र उच्च रक्तचापलाई नियन्त्रण गर्छ ।

यसमा भिटामिन-ई रहेको हुन्छ, जो एक एन्टिअक्सिडेन्ट हो । र, पोटाशियम पनि हुन्छ, जो एक खनिज हो । यसले शरीरमा फ्लूइड इलेक्ट्रोलाइट सन्तुलन बनाएर राख्नमा महत्वपूर्ण भूमिका खेल्छ ।

त्यसैले तपाईमा उच्च रक्तचाप छ भने गोलभेडाको सेवन गर्नु लाभदायक हुनसक्छ ।

गोलभेडा सेवन गर्नुको फाइदा

१. गोलभेडाले शरीरको खासगरी मृगौलाको जीवाणु हटाउने काम गर्छ ।

२. यो पिसाबमा चिनीको मात्रा नियन्त्रण गर्न प्रभावकारी हुन्छ । मधुमेह रोगीका लागि गोलभेडा उपयोगी मानिन्छ ।

३. कार्बोहाइड्रेट कम हुने भएकाले यो एक उत्तम भोजन मानिन्छ । गोलभेडाले पाचन शक्ति बढाउँछ ।

४. गोलभेडाको नियमित सेवनले ग्याष्ट्रिकको समस्याबाट पनि छुटकारा दिलाउँछ ।

५. शरीरको बिकार हटाउनमा यो उपयोगी मानिन्छ । यसले श्वास प्रश्वासमा पनि फाइदा पुर्‍याउँछ ।

६. गोलभेडाको रस छालाको स्वस्थ्यका लागि पनि लाभदायक मानिन्छ ।

७. जोर्नीको दुखाई कम गर्न, पेटको किरा मार्न पनि गोलभेडा उपयोगी हुन्छ ।

८. तौल नियन्त्रणका लागि गोलभेडा फाइदाजनक हुन्छ ।

गोलभेडा सेवन गर्नुको बेफाइदा

१. गोलभेडामा अधिक मात्रामा अम्लीय हुन्छ, जसले गर्दा यसको सेवनले एसिडिटी बढाउन सक्छ । छातीमा जलन हुनसक्छ ।

२. गोलभेडाको अधिक सेवनले पेट दुख्न सक्छ ।

३. गोलभेडामा यस्ता क्यारोटेनाइडस् हुन्छ, जसले प्रतिरक्षा प्रणालीमा असर गर्छ । धेरै गोलभेडा सेवन गर्दा प्रतिरक्षा प्रणाली प्रभावित हुनसक्छ ।

४. गोलभेडाको बिज हानिकारक हुन्छ । यो सजिलै पच्दैन, जो मृगौलाको पत्थरीको कारण बन्न सक्छ ।

सावधानी

सहि मात्रामा सेवन गर्दा गोलभेडा फाइदाजनक हुन्छ । यद्यपी बजारमा पाइने गोलभेडामा किटनासक औषधिको प्रयोग अधिक मात्रामा गरिएको हुन्छ । यसलेे स्वास्थ्यमा फाइदाभन्दा बढी बेफाइदा हुन्छ ।

चिल्लो, रसिलो एवं हेर्दै रहरलाग्दो गोलभेडा स्वस्थ्यकर नहुन सक्छ । त्यसैले गोलभेडा खरिद गर्दा सर्तक हुनुपर्छ ।
संभव भएसम्म घरमै जैविक  विधीबाट गोलभेडा फलाएर प्रयोग गर्नु उत्तम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment