Comments Add Comment

बैंकले प्राथमिक पुँजीको ४० प्रतिशत रकम मात्र सेयरकर्जा जारी गर्न पाउने

२५ असार, काठमाडौं । बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजीमा वृद्धि भएसँगै यी संस्थाले जारी गर्न सक्ने सेयर धितोको कर्जामा नयाँ सीमा तोकिएको छ ।
यसअघि बैंक तथा वित्तीय संस्थाले आफ्नो कोर क्यापिटल (चुक्ता पुँजी समेत) को शतप्रतिशतसम्म सेयर कर्जा जारी गर्न सक्ने व्यवस्था रहेकोमा अब त्यस्तो पुँजीको ४० प्रतिशत बराबर रकम मात्र लगानी गर्न पाउने भएका छन् ।

एकै सूचीकृत कम्पनीको सेयर धितोमा कर्जा प्रवाह गर्दा भने बैंक तथा वित्तीय संस्थाले अब कोर पुँजीको १० प्रतिशत मात्र कर्जा लगानी गर्न पाउनेछन् ।   बैंकहरुले सेयर धितोमा कर्जा जारी गर्दा सेयर मूल्यांकन गर्ने विधिमा भने परिवर्तन गरिएको छैन् । बैंकहरुले धितो राखिने सेयरको १ सय ८० दिनको मूल्य वा बजारको मूल्यमध्ये जुन कम हुन्छ त्यसको त्यसको बढिमा ५० प्रतिशतमात्र लगानी गर्न पाउँने छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment