Comments Add Comment

सरकारमा सहभागी हुुँदैनौं, संशोधनको पक्षमा भोट हाल्छौंः उपेन्द्र यादव


२६ असार, काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी संसदमा विचाराधीन संविधान संशोधन वद्येयकको पक्षमा रहेको बताएका छन् । तर, तत्काल सरकारमा नजाने बताए ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा अध्यक्ष यादवले भने,’हामी यो प्रस्तावको विपक्षमा छैनौं, हाम्रो पार्टीले प्रस्ताव पारित गराउनको लागि पक्षमा नै मतदान गर्छ ।’ यद्यपि प्रस्ताव अधुरो रहेकोले यसलाई परिमार्जनसहित पारित गराउनुपर्ने बताए ।

अहिलेको संशोधन विद्येयकले सबै समस्याको समाधान नगरेपनि संविधान संशोधनको ट्रयाक खोल्ने उनले बताए । संशोधन विद्येयकलाई अझै परिमार्जन गरेर पारित गराउँदा मुलुकले निकास पाउने उनको भनाइ छ ।

संघीय फोरमका अध्यक्ष यादवले अहिले आफ्नो पार्टी सरकारमा नजानेस्पष्ट पारे । उनले भने, ‘जुन दिन हामी सरकारमाजाने आवश्यकत्ता हुन्छ, त्यही दिन जान्छौं, अहिले यसबारेमा सोचेका छैनौं ।’

उनले राजपाले चुनावको विरोध गर्नु गलत भएको बताइ । यादवले भने, ‘७५ % अर्थात कुल जनसंख्याको मत खसेको छ, के ती सबै गलत हुन त ?, निर्वाचन सम्पन्न भएपछि राष्ट्रिय एकता बलियो भएको छ, के त्यो गलत हो र ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment