Comments Add Comment

‘आनन्द’की नायिका सुमिताको निधन, अमिताभसँग गरेकी थिइन् काम

हिन्दी चलचित्र ‘आनन्द’ मा अमिताभकी नायिकाको भुमिका निर्वाह गरेकी सुमिता सान्यालको निधन भएको छ । सन् १९७१ मा अमिताभ बच्चन र राजेश खन्नाको मुख्य भुमिका रहेको ‘आनन्द’मा उनले मुख्य भुमिका निर्वाह गरेकी थिइन् । उक्त चलचित्रमा उनी अमिताभकी प्रेमिका थिइन् ।

‘आनन्द बाहेक उनले गुड्डी, आशिर्वाद, मेरे अपने जैसी’ लगायतका चलचित्रमा मुख्य भुमिका निर्वाह गरेकी छिन् । ३० भन्दा बढी बंगाली चलचित्रमा काम गरेकी सुमिताको विवाह चलचित्र सम्पादक सुबोध रायसँग भएको थियो ।

उनको जन्म सन् १९४५, अक्टुवर ९ मा दार्जलिङमा भएको थियो । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले सुमिताको निधनमा शोक ब्यक्त गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment