Comments Add Comment

गोरखामा ८० लाख बिद्युत बक्यौता उठ्न बाँकी

गोरखकाली रवर उद्योगको बिजुली काटियो

२७ असार, गोरखा । नेपाल बिद्युत प्राधिकरण वितरण शाखा गोरखाले चालु आर्थिक बर्ष लाखौ बक्यौता रकम उठाउन नसकेको भेटिएको छ । चालरु आर्थिक वर्षमा मात्रै प्रधिकरण गोरखा शाखाले ८० लाखभन्दा बढी बक्यौता उठाउन बाँकी छ ।

बिद्युत प्राधिकरण र उपभोक्ता दुवैको लापरवाहीका कारण वर्षेनी ठूलो मात्रामा रकम बक्यौता हुने बिद्युत प्राधिकरणको पुरानै समस्या हो । महशुल नबु्झाउनेहरुमा सरकारी कार्यालयदेखि बिद्यालयसम्म रहेको प्राधिकरण गोरखा शाखाका प्रमुख अमृत अधिकारीले जानकारी दिए ।

सबैभन्दा बढी बक्यौता रकम गोरखकाली रवर उद्योगको छ । ६ महिनादेखि महशुल नबुझाएको यस उद्योगले ३० लाख महशुल तिर्न बाँकी रहेको ।

त्यस्तै छेवेटारमा इट्टा उद्योग संचालन गरेको सेभेन ग्रुप प्रालिको ११ लाख, पृथ्वी नारायण तरकारी बजारको ३९ हजार र प्रगतिशिल युवा समूहको १९ हजार बक्यौता बाँकी रहेको प्रमुख अधिकारीको भनाइ छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय मातहतका बिभिन्न स्वास्थ्य संस्थाहरुले पनि महशुल बुझाएका छैनन् । जौवारी प्राथमिक स्वास्थ्य केन्ऽले दुइ लाख एक हजार, मकैसिङ प्राथमिक स्वास्थ्य केन्ऽले दुइ लाख, भच्चेक हेल्थपोष्टले ४२ हजार, दर्वुङ हेल्थपोष्टले २१ हजार आठ सय महशुल तिर्न बाकी रहेको छ ।

त्यस्तै बुंकोट हेल्थपोष्टको दश हजार र केरावारी उपस्वास्थ्यचौकीको ९ हजार बक्यौता रकम रहेको प्राधिकरणले जनाएको छ ।

बिद्यालयहरुको पनि बिद्युत बक्यौता बाँकी रहेको पाइएको छ । नेपाने सेकेण्डरी स्कुलले २३ हजार, धर्माेदय निमावी मिरकोटको १२ हजार, रत्नेश्वर माविको सात हजार र मिरकोट माविको ६ हजार बक्यौता रहेको प्राधिकरणले जनाएको छ । आख्लेपाखा सामुदायिक बनले आठ हजार र सुनौलो परिवार नेपालले आठ हजार बक्यौता रकम तिर्न बाँकी रहेको ।

त्यस्तै सडक वत्ती अन्तरगत ५८ लाख २१ हजार तिन सय बक्यौता रकम बाकी रहेको छ । नगरपालिकाले महशुल तिर्ने भनेपनि हालसम्म रकम नतिरेको प्राधिकरण शाखा प्रमुख अधिकारीले बताए ।

गोरखकाली रवर, सेभेन ग्रुप र पृथ्वी नारायण तरकारी बजारको बिजुली काटियो

लामो समयसम्म बिद्युत महशुल नतिरेपछि प्राधिकरणले गोरखकाली रवर उद्योग, छेवेटारमा इट्टा उद्योग संचालन गरेको सेभेन ग्रुप र पृथ्वी नारायण तरकारी बजारको बिद्युत काटिएको छ ।

लाखौ बक्यौता रकम बाँकी रहेपछि बिद्युत काटिएको प्राधिकरणका प्रमुख अधिकारीले बताए । ‘महशुल बुझाउन बारम्बार परिपत्र गर्‍यौ तर अटेर गरे,’ उनले भने ‘त्यसपछि बिद्युत लाइन काटेका हौं ।’

बक्यौता रकम बाँकी रहेका संघसंस्था तथा कार्यालयहरुलाइ सूचना जारी गरी रकम बुझाउन आग्रह गरिएको छ । ‘कसैलाइ परिपत्र गरेका छौं त कसैलाइ सार्वजनिक सूचना मार्फत जानकारी गराएका छौं,’ उनले भने । आफ्नो आग्रहलाइ अटेर गरे बिद्युत लाइन काटिने प्राधिकरणले चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment